"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

धर्मेन्द्र नेम्बाङका चार कृति एकसाथ सार्वजनिक

प्रकाशित मिति :  १९ जेष्ठ २०८२, आईतवार १६:३५


काठमाडौँ- लेखक धर्मेन्द्र नेम्बाङले एकसाथ चार कृति बजारमा ल्याएका छन्। जसमा ‘कृष्णविक्रम नेम्बाङले हिँडेको क्रान्तिको बाटो’, ‘पितापुर्खाको कथा’, ‘कांग्रेस पार्टीको रूपान्तरण र देश बनाउने विधि’ र ‘बीपी विचारधारा र हरियो समाजवाद’ छन्।

कांग्रेस सहमहामन्त्री भीष्मराज आङ्देम्बेसहित नेताहरू मधु आचार्य, गुरुराज घिमिरे, रमेश लिङ्देन, शंकर तिवारीलगायतले उक्त कृति शनिबार काठमाडौँमा विमोचन गरेका हुन्। आचार्य, घिमिरे, लिङ्देन र तिवारीले ती कृतिको समीक्षा गरेका थिए। साहित्यकार डा. विष्णुविभु घिमिरे, प्रा.डा. कुमार कोइराला र विमला तुम्खेवाले लेखकलाई शुभकामना दिएका थिए।

कृतिकार नेम्बाङले आफ्ना किताबको विमोचन गर्न उपन्यास ‘रातो बाघ’देखि नै छाडे पनि यसपटक सन्जोग परेको बताए। ‘मैले यो चाहेर भएको होइन। चारवटा कृतिको विमोचन एक सन्जोग मात्र हो’, उनले भने। यीमध्ये दुइटा (देश बनाउने विधि र हरियो समाजवाद) आफ्नो लेखन र बाँकी (क्रान्तिको बाटो र पितापुर्खाको कथा) सम्पादन रहेको उनको भनाइ थियो।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नेपाललाई चलचित्र पर्यटनको आकर्षक गन्तव्यका रूपमा विकास गर्नेतर्फ ध्यान केन्द्रित गर्नुपर्ने बताएका छन्।राष्ट्रिय एवम् विशेष चलचित्र पुरस्कार

काठमाडौँ — नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।

काठमाडौँ – जीवन स्मृति प्रतिष्ठान दमकले युवराज नयाँघरेसहित ५ स्रष्टालाई सम्मान गरेको छ। यसअनुसार लीला उदासीलाई जीवन स्मृति पुरस्कार २०७८,

काठमाडौँ – पाँच दशक अघिदेखि संगीतको क्षेत्रमा सक्रिय रहेका वरिष्ठ गायक दीप श्रेष्ठलाई ‘नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान दीर्घसाधना सम्मान’