"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

पूर्वराष्ट्रपति भण्डारी र चिनियाँ उपराष्ट्रपतिबीच भेटवार्ता

प्रकाशित मिति :  31 May, 2025 5:05 pm


काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ उपराष्ट्रपति हान चेङबीच भेटवार्ता भएको छ । उनीहरूबीच शनिबार चीनको गान्सुमा भेटवार्ता भएको हो ।

चीन भ्रमणमा रहेकी भण्डारीले गरेको यो भेट सबैभन्दा महत्त्वपूर्ण भेट रहेको नेताहरूले बताएका छन् । यसअघि उनले चिनियाँ कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय विभाग प्रमुख ल्यु च्यानशाओ लगायतसँग भेटवार्ता गरेकी थिइन् । भण्डारी गत जेठ १० गतेदेखि चीन भ्रमणमा छिन् । भ्रमण टोलीमा एमाले नेताहरू मात्र सामेल छन् ।

एमाले विदेश विभाग प्रमुख एवं पार्टी सचिव रघुवीर महासेठ, स्थायी कमिटी सदस्य कर्णबहादुर थापा, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, नेताहरू देवी भट्टचन, गोमा देवकोटा, डा. कैलाश भण्डारी, भेषबहादुर अधिकारी र महेन्द्र विष्ट भ्रमण टोलीमा छन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — नेपालमा भदौ २४ गतेको विध्वंशपछि विधिको शासनको ठाउँमा अराजकको शासन चलिरहेको एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले बताएका छन् ।

काठमाडौँ — एमालेको सचिवालय बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक सुरु भएको हो । बैठकमा आगामी

काठमाडौँ- अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भिजिट भिसा प्रकरणमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। भिजिट भिसामा विदेश जाने नेपालीसँग अवैध ढंगमा पैसा

काठमाडौं – आशन्न निर्वाचनका लागि नेपाली कांग्रेसका महामन्त्री गगन थापाको नाम काठमाडौं–४ बाट एकल सिफारिस गरिएको छ । प्रतिनिधिसभा निर्वाचन