"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

नारायणहिटी दरबार संग्रहालय क्षेत्रमा निषेधाज्ञ

प्रकाशित मिति :  १७ जेष्ठ २०८२, शुक्रबार २२:१३


काठमाडौँ – काठमाडौँ जिल्ला प्रशासन कार्यालयले नारायणहिटी दरबार संग्रहालय क्षेत्रमा निषेध आदेश जारी गरेको छ। भोलि (शनिबार) देखि असार २४ गतेसम्मका लागि निषेध आदेश जारी गरिएको हो।

केशरमहल चोकदेखि नारायणहिटी दरबार संग्रहालय दक्षिण गेट हुँदै जय नेपाल मोडसम्म र महेन्द्र सालिक हुँदै नारायणहिटी दरबार संग्रहालय दक्षिण गेटसम्म निषेध आदेश जारी गरिएको छ। प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जारी गरेको आदेशमा पाँच जनाभन्दा बढी व्यक्ति भेला भई अनशन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा जस्ता विरोधका कार्यक्रम गर्न नपाइने उल्लेख छ।

राजावादीहरूले शनिबार नारायणहिटी दरबार संग्रहालय अगाडि विरोध प्रदर्शन गर्ने जानकारी पाएपछि निषेध आदेश जारी गरिएको हो।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – गृहमन्त्री रमेश लेखकले प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणमा सहभागीको निष्पक्ष छानबिन गर्न निर्देशन दिएका छन्। मन्त्री लेखकले सोमबार

काठमाडौँ — काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि २५ अर्ब ७६ करोड ४३ लाख रुपैयाँको बजेट ल्याएको छ । महानगरको १७

काठमाडौँ — राष्ट्रिय सूचना प्रविधि केन्द्रका उपकरण खरिदमा भ्रष्टाचार गरेको अभियोगका केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनील पौडेलसहित ६ विरुद्ध भ्रष्टाचार

खोटाङ – दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ स्थित जनता उच्च माविलाई प्राप्त अनुदान रकम हिनामिना गरेको अभियोगमा तत्कालीन जिल्ला शिक्षा अधिकारीहरूसहित ९