"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

यस वर्षको मनसुन अवधिमा सरदरभन्दा बढी वर्षा र गर्मी हुने प्रक्षेपण

प्रकाशित मिति :  22 May, 2025 11:55 am


काठमाडौँ – यस वर्ष देशका अधिकांश स्थानमा सरदरभन्दा बढी पानी पर्ने जल तथा मौसम विज्ञान विभागले प्रक्षेपण गरेको छ । विभागले बुधबार सार्वजानिक गरेको मनसुन प्रक्षेपणअनुसार हाल प्रि–मनसुन सक्रिय रहिरहेको अवस्थामा मनसुन प्रवेश हुनेबारे भने यकिन गरिएको छैन ।

मौसम पुर्वानुमान महाशाखाका मौसमविद् डेबिड ढकालका अनुसार सामान्यतयाः मनसुन जुन १३ मा पूर्वी नेपालबाट प्रवेश भएर अक्टोबर २ मा पश्चिम नेपाल हुँदै बाहिरिन्छ । यस वर्षको मनसुनमा कर्णाली प्रदेशको पूर्वी भूभाग, लुम्बीनीको उत्तरी भूभाग र गण्डकी प्रदेशको अधिकांश भूभागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ५५ देखि ६५ प्रतिशत छ ।

सुदूरपश्चिमको दक्षिणी भूभाग, लुम्बिनीको पश्चिमी भूभाग, गण्डकीको उत्तर पूर्वी भूभाग, बागमती र कोशीको उत्तरी भूभागमा सरदरभन्दा बढी वर्षाको सम्भावना ४५ देखि ५५ प्रतिशत रहेको छ भने देशका बाँकी भूभागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको छ ।

विभागले विश्व मौसम संगठनको विश्वभर तथा क्षेत्रीय स्तरको जलवायु सूचना उत्पादन गर्ने केन्द्रहरुको हावापानी प्रारुपहरुको आकलन र साउथ एसिया सिजनल क्लाइमेट आउटलुक फोरमको आकलनका आधारमा अनुमान गरेको जारी प्रक्षेपणमा भनिएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिरकणको ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य’ सम्बन्धी कार्ययोजनामा उल्लेख गरिएअनुसार वर्षभरि पर्ने कुल देशभर वार्षिक रुपमा हुने कुल वर्षामध्ये ८० प्रतिशत मनसुनको चार महिना जेठ १८ देखि असोज १४ को अवधिमा र २० प्रतिशत वर्षा बाँकी आठ महिनामा हुने गरेको छ ।

यसैगरी अधिकतम् तापक्रम र न्यूनतम तापक्रमसमेत देशैभरि सरदरभन्दा बढी रहने सम्भावना छ । सुदूरपश्चिमको उत्तर पूर्व भूभाग, कर्णालीको उत्तरी भूभाग, लुम्बीनीको उत्तरी भूभाग, गण्डकीको पश्चिमी भूभाग, मधेशको पश्चिमी भूभाग र बागमतीको मध्य भूभागमा सरदरभन्दा बढी अधिकतम् तापक्रम रहने सम्भावना ५५ देखि ६५ प्रतिशत रहेको छ ।

मधेशको पूर्वी भूभाग र गण्डकीको मध्य भूभागमा सरदरभन्दा बढी रहने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको छ । बाँकी भूभागमा अधिकतम् तापक्रम सरदरभन्दा बढी हुने सम्भावना ४५ देखि ५५ प्रतिशत रहेको छ ।

कर्णाली र बागमतीका अधिकांश भूभाग, लुम्बीनीको मध्य भूभाग, मधेको पश्चिमी भूभाग, कोशीको तराई भूभागमा न्यूनतम् तापक्रम सरदरभन्दा बढी हुने सम्भावना ५५ देखि ६५ प्रतिशत रहेको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – नेपाल प्रहरीको प्रहरी निरीक्षक (इन्स्पेक्टर) र प्रहरी सहायक निरीक्षक (असई)मा भर्ना खुलेको छ। शुक्रबार विज्ञापन प्रकाशन गर्दै नेपाल प्रहरीले

काठमाडौँ- अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भिजिट भिसा प्रकरणमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। भिजिट भिसामा विदेश जाने नेपालीसँग अवैध ढंगमा पैसा

ओखलढुंगा भूगोलको हिसाबले एक पहाडी जिल्ला हो । पूर्वमा खोटाङ, पश्चिममा रामेछाप, उत्तरमा सोलुखुम्बु र दक्षिणमा सिन्धुली र उदयपुर जिल्लाले

काठमाडौं – सुनसरीको बराहक्षेत्र नगरपालिकाका तत्कालीन सव–इन्जिनियर शिव नारायण मण्डलले नक्कली शैक्षिक प्रमाण पेश गरेर सरकारी सेवाको लाभ लिएको अभियोगमा