"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

भारत र पाकिस्तानद्वारा युद्धविरामको सहमति

प्रकाशित मिति :  10 May, 2025 9:46 pm


काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र विदेशमन्त्री मार्को रुबियोले सामाजिक सञ्जालमा घोषणा गरेजस्तै युद्धविरामका लागि सहमति भएको भारत र पाकिस्तानका अधिकारीहरूले पुष्टि गरेका छन् । 

भारतीय विदेश सचिव विक्रम मिस्रीले भनेका छन्, ‘शनिबार भारतीय समयअनुसार ३:३५ बजे भारत र पाकिस्तानका सैन्य कारबाही निर्देशकहरूबीच फोन वार्तालाप भएको छ । सो कुराकानीका आधारमा भारतीय समयअनुसार शनिबार ५ बजेदेखि दुवै पक्षबीच स्थल, हवाई र जल गरी तीनै क्षेत्रमा युद्ध र सैन्य क्रियाकलाप तत्काल रोक्न दुई पक्षबीच सहमति भएको छ ।’

यस्तै, पाकिस्तानी उपप्रधान तथा विदेशमन्त्री इसक दरले पनि भारत र पाकिस्तानबीच तत्काल युद्धविरामको सहमति भएको पुष्टि गरेका छन् । सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै उनले पाकिस्तान सँधै यस क्षेत्रको शान्ति र सुरक्षाको पक्षमा रहेको र आफूहरूले देशको सार्वभौमिकता र अखण्डतामा कुनै सम्झौता नगर्ने प्रतिक्रिया दिएका छन् । दुवै पक्षबीच मे १२ मा कुराकानी हुने बीबीसीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — नेपालमा भदौ २४ गतेको विध्वंशपछि विधिको शासनको ठाउँमा अराजकको शासन चलिरहेको एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले बताएका छन् ।

काठमाडौँ — एमालेको सचिवालय बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक सुरु भएको हो । बैठकमा आगामी

काठमाडौँ- अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भिजिट भिसा प्रकरणमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। भिजिट भिसामा विदेश जाने नेपालीसँग अवैध ढंगमा पैसा

काठमाडौं – आशन्न निर्वाचनका लागि नेपाली कांग्रेसका महामन्त्री गगन थापाको नाम काठमाडौं–४ बाट एकल सिफारिस गरिएको छ । प्रतिनिधिसभा निर्वाचन