"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

आईपीएल एक साताका लागि स्थगित

प्रकाशित मिति :  10 May, 2025 11:33 am


काठमाडौँ – भारत र पाकिस्तानबीच जारी तनावका कारण इन्डियन प्रिमियर लिग (आईपीएल) लाई एक साताका लागि स्थगित गरिएको छ। आईपीएलले सामाजिक सञ्जाल एक्समार्फत एक साताका लागि प्रतियोगिता स्थगित भएको जानकारी दिएको हो।

‘आईपीएल २०२५ लाई तत्कालको प्रभावका कारण एक साताका लागि स्थगित गरिएको छ,’ पोस्टमा भनिएको छ।

बिहीबार जम्मु र पठानकोटमा ‘रेड अलर्ट’ जारी भएपछि धर्मशालामा पञ्जाब किंग्स र दिल्ली क्यापिटल्सबीचको खेल बीचमै रद्द गरिएको थियो।

यसअघि पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले पाकिस्तान सुपर लिग (पीएसएल) को बाँकी खेल यूएईमा हुने जनाएको थियो।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो सिजनको विजेता बनेको छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा

काठमाडौं – लुम्बिनी लायन्सले दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)को फाइनलमा सुदूरपश्चिम रोयल्ससँग भेट पक्का गरेको छ। दोस्रो

काठमाडौँ — लुम्बिनी लायन्सले सानदार बलिङ गर्दै नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको इलिमिनेटरमा काठमान्डु गोर्खाजलाई ४ विकेटले पराजित गरेको छ

काठमाडौँ — सुदूरपश्चिम रोयल्सले लगातार दोस्रो सिजन नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेल्ने भएको छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट