"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

डेंगु सङ्क्रमणको जोखिम बढ्ने, सतर्कता अपनाउन आग्रह

प्रकाशित मिति :  9 May, 2025 9:29 pm


काठमाडौँ – पानी पर्न थालेकाले डेंगु सङ्क्रमणको जोखिम बढ्नेसक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका कीटजन्य रोग शाखाका प्रमुख डा. गोकर्णप्रसाद दाहालले जम्मा भएको पानीले डेंगु  सङ्क्रमण बढाउने खतरा रहेकाले सतर्क रहन आग्रह गर्नुभएको हो ।

उहाँले भन्नुभयो, “पानी जम्मा हुँदा त्यसमा डेंगु सार्ने लामखुट्टेको विकास हुने गर्दछ । यसका लागि १५ देखि २० दिन लाग्छ । त्यसैले अबको १५ देखि २० दिन डेंगु सङ्क्रमण हुने खतरा रहेको छ । सबैले आवश्यक सतर्कता अपनाउन आग्रह छ ।”

पानी जम्ने ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ र ती फुलबाट लार्भा निस्कन्छ र त्यही लार्भा वयस्क भएपछि मानिसलाई टोकेर डेंगु रोग लाग्ने गर्दछ । 

शाखा प्रमुख डा. दाहालले गत वर्ष धेरै डेंगु सङ्क्रमण भएका ३५ स्थानीय तहमा सङ्क्रमण रोकथाम र नियन्त्रण गर्न पत्राचार गरिसकिएको बताउनुभयो । उहाँका अनुसार पुस १७  यता ९६८ जनामा सङ्क्रमण देखिएको छ । सन् २०२४ मा देशका ७६ जिल्लामा डेंगु सङ्क्रमण फैलिँदा ४१ हजार ८६५ सङ्क्रमित र १५ जनाको मृत्यु भएको थियो । 

  • रासस



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – नेपाल प्रहरीको प्रहरी निरीक्षक (इन्स्पेक्टर) र प्रहरी सहायक निरीक्षक (असई)मा भर्ना खुलेको छ। शुक्रबार विज्ञापन प्रकाशन गर्दै नेपाल प्रहरीले

काठमाडौँ- अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भिजिट भिसा प्रकरणमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। भिजिट भिसामा विदेश जाने नेपालीसँग अवैध ढंगमा पैसा

ओखलढुंगा भूगोलको हिसाबले एक पहाडी जिल्ला हो । पूर्वमा खोटाङ, पश्चिममा रामेछाप, उत्तरमा सोलुखुम्बु र दक्षिणमा सिन्धुली र उदयपुर जिल्लाले

काठमाडौं – सुनसरीको बराहक्षेत्र नगरपालिकाका तत्कालीन सव–इन्जिनियर शिव नारायण मण्डलले नक्कली शैक्षिक प्रमाण पेश गरेर सरकारी सेवाको लाभ लिएको अभियोगमा