"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

प्रभावकारी बजेट बनाउन कांग्रेस सभापतिले दिए अर्थमन्त्रीलाई सुझाव

प्रकाशित मिति :  5 May, 2025 6:19 pm


काठमाडौँ –  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकको आर्थिक अवस्थालाई दृष्टिगत गरी मितव्ययिता अवलम्बन गर्न सुझाव दिएका छन्। देउवाले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग सोमबार भएको भेटमा यस्तो सुझाव दिएका हुन्।

‘देउवाले स्रोतको अधिकतम सदुपयोग हुने गरी बजेट निर्माण गर्न सुझाव दिनुभएको छ’, अर्थमन्त्री पौडेलले भने। अर्थ मन्त्रालयका अनुसार देउवा र पौडेलबीच आगामी आर्थिक वर्षको बजेट र नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिका बारेमा छलफल भएको थियो।

अर्थमन्त्री पौडेलले सभापति देउवासँग गभर्नर नियुक्ति चाँडै गर्ने र बजेटबारे परामर्श भएको बताए। ‘हालै सार्वजनिक भएको नीति तथा कार्यक्रमपछि बजेट निर्माण, त्यसको आकार र गभर्नर नियुक्तिका विषयमा छलफल भएको हो’, पौडेलले भने।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — नेपालमा भदौ २४ गतेको विध्वंशपछि विधिको शासनको ठाउँमा अराजकको शासन चलिरहेको एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले बताएका छन् ।

काठमाडौँ — एमालेको सचिवालय बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक सुरु भएको हो । बैठकमा आगामी

काठमाडौँ- अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भिजिट भिसा प्रकरणमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। भिजिट भिसामा विदेश जाने नेपालीसँग अवैध ढंगमा पैसा

काठमाडौं – आशन्न निर्वाचनका लागि नेपाली कांग्रेसका महामन्त्री गगन थापाको नाम काठमाडौं–४ बाट एकल सिफारिस गरिएको छ । प्रतिनिधिसभा निर्वाचन