"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

प्रभावकारी नीति तथा कार्यक्रम ल्याउने सत्तारुढ दलको प्रतिबद्धता

प्रकाशित मिति :  १७ बैशाख २०८२, बुधबार १४:२५


काठमाडौं – सत्ता गठबन्धनको बैठक सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बुधबार भएको बैठकमा आगामी आर्थिक वर्षका लागि सरकारले ल्याउने नीति तथा कार्यक्रमबारे छलफल भएको छ ।

नेकपा एमालेका नेता प्रदीप ज्ञवालीका अनुसार अर्थतन्त्रलाई लयमा ल्याउने गरी आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम ल्याउनुपर्ने सुझाव सत्तारुढ दलका नेताहरूको छ । ‘समग्रमा विगत वर्षको भन्दा मेजर ब्रेक थ्रु हुने गरी नीति तथा कार्यक्रम आओस् भनेर नेताहरूले सुझाव दिनुभएको छ,’ उनले भने ।

समग्रमा बसइँसराइ रोक्नका लागि पहाड केन्द्रित रोजगारी, कृषि विकास र पशुविकासका कार्यक्रमहरू अगाडि बढाउने विषयमा पनि सुझाव आएको उनको भनाइ छ । बैठकमा खास गरी लोकतन्त्रलाई थप सुदृढ गर्ने र यसमाथि विभिन्न कोणबाट भइरहेका हमला र आक्रमणलाई सामूहिक रूपमा जवाफ दिने विषयमा छलफल भएको उनले बताए ।

विकास निर्माणलाई प्रभावकारी बनाउन आयोजनाहरूलाई उच्च प्राथमिकीकरण गर्नुपर्ने विषयमा बैठकमा सहभागी नेताहरूबाट सुझाव आएको उनले बताए । आयोजनाहरू अत्यन्त धेरै छरिएको र स्रोतहरूको एक किसिमले अपव्यय भइरहेको अवस्थालाई अन्त्य गर्नुपर्छ सुझाव पनि आएको उनले बताए ।

उनले भने, ‘खासगरी युवा पुस्ताहरूमा आशा र विश्वास जगाउनका लागि निम्ति उनीहरूमा उद्यमशीलता, सिप विकास, स्टार्टअप, व्यावसायिक प्लान्ट र बजार संरक्षणको एउटा समग्र योजना सहितको कार्यक्रमहरू आओस् भन्ने पनि दलहरूले सुझाव दिनु भएको छ ।’

अर्थतन्त्रलाई लयमा ल्याउनका लागि सरकारको खर्च गर्ने क्षमता बढाउने, अनावश्यक र फजुल संरचना र फजुल खर्चहरूलाई निर्मतापूर्वक कटौती गर्ने र सरकारको कार्य दक्षता बढाउने विषयमा पनि छलफल भएको उनले बताए । वाह्य सम्बन्धहरूलाई थप सुदृढ बनाउने विषयमा पनि छलफल भएको उनले बताए । राष्ट्रपति रामचन्द्र पौडेलले पर्सि संसद्‍मा आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै छन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले विभिन्न समसामयिक विषयमा आफ्ना धारणा राखेका छन्। बैठकको शून्य समयमा सांसद विना लामाले सदन सञ्चालनमा मुख्य

काठमाडौँ – गणतन्त्र दिवस २०८२ भव्यताका साथ मनाउन प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको छ। प्रधानमन्त्री तथा

काठमाडौँ– प्रतिनिधिसभाबाट ‘सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८१’ पारित भएको छ। शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको प्रतिवेदनसहित राष्ट्रियसभामा

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले हिमालहरु जोगाउनु भनेको पृथ्वी, महासागर र स्वयम् मानवता जोगाउनु हो भन्ने यथार्थलाई आत्मसात् गरेर