"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

आँखा स्वास्थ्यलाई प्रमुख मुद्दा बनाएर अघि बढेका छौँः स्वास्थ्यमन्त्री

प्रकाशित मिति :  १७ बैशाख २०८२, बुधबार १४:११


काठमाडौँ – स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले आँखा स्वास्थ्यलाई प्रमुख मुद्दा बनाएर सरकार अघि बढिरहेको बताएका छन्। बुधबार इन् साइट लाइभ २०३० अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले यसलाई राष्ट्रिय स्वास्थ्य प्रणालीमा एकीकृत गर्ने र विद्यालय, कार्यस्थल र समुदायहरूमा बलियो साझेदारी निर्माण गर्ने लक्ष्यअनुसार सरकारले काम गरिरहेको बताए।

२०२२ को सर्वेक्षणअनुसार अन्धोपन ०.८४% बाट घटेर आज ०.२८% भएको छ।  मोतियाबिन्दु शल्यक्रियाको कभरेजमा पनि ठूलो सुधार भएको स्वास्थ्यमन्त्रीको दाबी छ । नेपालको लक्ष्य २०३० सम्ममा ६५.४% पुग्ने रहेको बताए।

सार्वजनिक–निजी साझेदारी र सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रममार्फत पहुँच बिस्तार गरिरहेको उल्लेख गरे। नेपालले २०२६ मा आँखा स्वास्थ्यमा विश्वव्यापी शिखर सम्मेलनको आवाजलाई पनि दृढतापूर्वक समर्थन गर्ने प्रतिवद्धता जनाए। उनले सबैको आँखा हेरचाहमा पहुँच सुनिश्चित गर्नका लागि काम गरिरहेको बताए।

  • न्युज एजेन्सी नेपाल



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – सांसदले मनसुनअघि नै विपद् जोखिम न्यूनीकरण गर्न पूर्वतयारीमा जोड दिएका छन् । राष्ट्रिय सभा, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार

काठमाडौँ – यस वर्ष देशका अधिकांश स्थानमा सरदरभन्दा बढी पानी पर्ने जल तथा मौसम विज्ञान विभागले प्रक्षेपण गरेको छ । विभागले

काठमाडौँ – सडक निर्माणमा भ्रष्टाचार गरेको अभियोगमा रुकुम पश्चिमको बाँफीकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दुर्गबहादुर ओलीसहित चारजनाविरुद्ध मुद्दा दायर गरिएको छ।

झापा – नेपालमा पछिल्लो चार वर्षमा चट्याङबाट दुई सय ३७ जनाको मृत्यु भएको छ भने नौ सय आठ जना घाइते