"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

जनमत र नाउपाबीच आज एकता घोषणा हुने

प्रकाशित मिति :  १७ बैशाख २०८२, बुधबार ०८:२९


काठमाडौं – नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीच आज एकता घोषणा हुने भएको छ । दुई दलको यसअघिको सहमति अनुसार आज दिउँसो ११ बजे एकीकरण भएको घोषणा गर्न लागिएको हो ।

पार्टी एकीकरण कार्यक्रम कमलादीस्थित प्रज्ञाप्रतिष्ठानको हलमा आयोजना गरिएको छ। कार्यक्रममा पार्टीका सबै तह र संघ-संगठनलाई उपस्थितिका लागि अनुरोध गरिएको छ । दुई पार्टी एकता भएपछि नागरिक जनमत पार्टी (नाजपा) बन्ने छ । जसको अध्यक्ष जनमतका सीके राउत नै बन्नेछन् ।

नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठ सहअध्यक्ष बन्नेछिन् । संरक्षक रेशम चौधरी नयाँ पार्टीमा पनि संरक्षककै भूमिकामा रहने सहमति भएको छ वरीयतामा भने उनी पहिलो स्थानमा हुनेछन् । त्यसपछि सीके र श्रेष्ठ रहने सहमति भएको छ ।

जनमतसँग ६ जना र नाउपासँग ४ जना प्रतिनिधि सभा सदस्य छन् । एकतापछि यो दल  प्रतिनिधि सभाको सिटको आधारमा माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टी बराबर हुनेछ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – सार्वजनिक लेखा समितिले पतञ्जली जग्गा प्रकरणलाई लिएर गरेको अनुसन्धान प्रतिवेदन अख्तियार अनुसन्धान आयोग पठाउने निर्णय गरेको छ । समिति

काठमाडौँ – मानव तस्करसँग मिलेर भिजिट भिसामा सेटिङ गरेको आरोपमा गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानमा

काठमाडौँ – प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचारबारे अनुसन्धान र छानबिन गरी कारबाही गर्न अख्तियारलाई लेखि

काठमाडौँ –  नेपाल राष्ट्र बैंकले ४५ दिनपछि नयाँ गभर्नर पाएको छ। मन्त्रिपरिषद्को मंगलबारको बैठकले अर्थशास्त्री डा. विश्व पौडेललाई गभर्नरमा नियुक्त