"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

ललितपुरका सामुदायिक विद्यालयलाई नियमित पठनपाठन गर्न निर्देशन

प्रकाशित मिति :  १६ बैशाख २०८२, मंगलवार १४:१४


काठमाडौँ– ललितपुर महानगरपालिकाले मंगलबारदेखि नियमित पठनपाठन, विद्यार्थी भर्नासहितका शैक्षणिक क्रियाकलाप पूर्ण रूपमा सञ्चालन गराउन सामुदायिक विद्यालयलाई निर्देशन दिएको छ।

२७ दिनदेखि शिक्षकहरू आन्दोलित हुँदा विद्यार्थी भर्नासहितका शैक्षिक गतिविधि ठप्प छन्। महानगरपालिकाले शिक्षकहरूको सहभागितामा तयार पारेको शैक्षिक सत्र २०८२ को शैक्षिक कार्यपात्रोबमोजिम शैक्षिक क्रियाकलापहरू सञ्चालन हुन नसक्दा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

महानगरपालिकाले सबै सामुदायिक विद्यालयलाई सम्बोधन गरी सोमबार गरेको परिपत्रमा उल्लेख छ, ‘विद्यालय सञ्चालनका सन्दर्भमा सम्मानित सर्वोच्च अदालतबाट देशभरका बालबालिकालाई विद्यालयमा नियमित पठनपाठन गर्न पाउने हकबाट वञ्चित नगर्नु, नगराउनु भनी भएको आदेशबमोजिम यस महानगरपालिकाअन्तर्गतका सबै सामुदायिक विद्यालयहरू मिति २०८२/१/१६ बाट नियमित पठनपाठन, विद्यार्थी भर्नातगायतका शैक्षणिक क्रियाकलाप पूर्ण रूपमा सञ्चालन गर्नु गराउनु हुन अनुरोध छ।’



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – यस वर्ष देशका अधिकांश स्थानमा सरदरभन्दा बढी पानी पर्ने जल तथा मौसम विज्ञान विभागले प्रक्षेपण गरेको छ । विभागले

काठमाडौँ – सडक निर्माणमा भ्रष्टाचार गरेको अभियोगमा रुकुम पश्चिमको बाँफीकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दुर्गबहादुर ओलीसहित चारजनाविरुद्ध मुद्दा दायर गरिएको छ।

झापा – नेपालमा पछिल्लो चार वर्षमा चट्याङबाट दुई सय ३७ जनाको मृत्यु भएको छ भने नौ सय आठ जना घाइते

काठमाडौँ – राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेलसहित पाँच जनाविरुद्ध पाँच करोड ७९ लाख रुपियाँको भ्रष्टाचार मुद्दा दायर