"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

आईपीएलमा वैभवको कीर्तिमान

प्रकाशित मिति :  १६ बैशाख २०८२, मंगलवार १३:३३


काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) मा अर्को एउटा कीर्तिमान थपिएको छ। राजस्थानको जितमा १४ वर्षीय ओपनर वैभव सूर्यवंशीले कीर्तिमानी शतक प्रहार गरे। उनले ३८ बलमा ७ चौका र ११ छक्का प्रहार गर्दै १ सय १ रन बनाउँदा प्रसिद कृष्णाको बलमा बोल्ड आउट हुन पुगे। वैभवलले ३५ बलमा ७ चौका र ११ छक्का सहयोगमा शतक पूरा गरेका थिए। यो सँगै उनी आईपीएल इतिहासमा शतक बनाउने कान्छा खेलाडी बनेका छन्।

वैभवको कीर्तिमानसँगै रोयल्सले गुजरातलाई ८ विकेटले पराजित गरेको छ। गुजरातले दिएको २१० रनको लक्ष्य गुजरातले २५ बल अगावै २ विकेटको क्षतिमा भेट्टायो। राजस्थानको जितमा १४ वर्षीय ओपनर वैभवले कीर्तिमानी शतक प्रहार गरे। उनले ३८ बलमा ७ चौका र ११ छक्का प्रहार गर्दै १ सय १ रन बनाउँदा प्रसिद कृष्णाको बलमा बोल्ड आउट हुन पुगे।

अर्का ओपनर यसश्वी जैसवाल ७० रनमा अविजित रहे। उनले ४० बलमा ९ चौका र २ छक्का प्रहार गरे। कप्तान रियान पराग ३२ रनमा नटआउट रहे। नितिश राना ४ रन बनाउँदा रासिद खानको बलमा एलबीडब्लू धरापमा परे।

राजस्थानले टस जितेर फिल्डिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा २ सय १० रन बनाएको थियो। कप्तान शुभमन गिल ८४ रन बनाउँदा क्याच आउट हुन पुगे। जस बटलर ५० रनमा अविजित रहे। साइ सुदर्शन ३९ रनमा क्याच आउट नै भए।

हारका बावजुद गुजरात १२ अंकमा तेस्रो स्थानमा छ। राजस्थान ६ अंकमा आठौँ स्थानमा छ। १४ अंक भएको रोयल च्यालेन्जर्स बैग्लुरु शीर्ष र १२ अंक भएको मुम्बइ इण्डियन्स दोस्रो स्थानमा छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – नेपाल आईसीसी टी–२० महिला विश्वकपको ग्लोबल क्वालिफायरमा छनोट भएको छ । थाइल्याण्डको बैंककमा जारी एसिया क्षेत्र छनोट अन्तर्गत सुपर

काठमाडौँ– नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृंखला खेल्न स्कटल्याण्ड जाने नेपाली क्रिकेट टोलीलाई बुधबार बिदाइ

काठमाडौँ – भारत र पाकिस्तानबीच जारी तनावका कारण इन्डियन प्रिमियर लिग (आईपीएल) लाई एक साताका लागि स्थगित गरिएको छ। आईपीएलले सामाजिक

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीसँग ब्राजिलका चर्चित फुटबल खेलाडी रोबर्टो कार्लोसले भेट गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बुधबार