"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

शिक्षकका मागहरू सम्बोधन गर्न माओवादीले सरकारलाई दबाब दिने

प्रकाशित मिति :  24 April, 2025 12:27 pm


काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संघीय निजामती सेवा ऐन र विद्यालय शिक्षा विधेयकजस्ता महत्वपूर्ण विधेयकलाई छिटो पारित गर्नका लागि प्रभावकारी भूमिका निर्वाह गर्न आफ्ना दलका सांसदहरूलाई निर्देशन दिएका छन्।

बिहीबार सिंहदरबारमा बसेको माओवादी संसदीय दलको बैठकमा प्रचण्डले शिक्षक र कर्मचारीका समस्या समाधानका लागि पहल गर्ने भन्दै निजामती सेवा ऐन र विद्यालय शिक्षा विधेयकजस्ता महत्वपूर्ण विधेयकलाई छिटो पारित गर्नका लागि प्रभावकारी भूमिका निर्वाह गर्न निर्देशन दिएका छन्।

लामो समयदेखि आन्दोलनरत शिक्षकहरूको माग सम्बोधनका लागि सरकारले चासो नदेखाएको अवस्थामा अन्य दलहरूसँग छलफल गरेर उनीहरूको समस्या समाधानका लागि पहल गर्ने निर्णय बैठकले गरेको माओवादी प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए।

‘तराई-मधेस जागरण अभियान’मार्फत माओवादीप्रति पुनः जनविश्वास स्थापित भइरहेकाले अभियानका क्रममा जनताले दिएका सुझावलाई सदनमा लैजान समेत प्रचण्डले निर्देशन दिएको पाण्डले बताए।

पाण्डेले विनासकारी भूकम्प गएको दिन बैशाख १२ गते शुक्रबार प्रचण्ड लगायतका नेताहरू गोरखाको बारपाकमा जाने र त्यहाबाट फर्किएर विपक्षी दलहरूसँग छलफल गर्ने जानकारी दिए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — नेपालमा भदौ २४ गतेको विध्वंशपछि विधिको शासनको ठाउँमा अराजकको शासन चलिरहेको एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले बताएका छन् ।

काठमाडौँ — एमालेको सचिवालय बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक सुरु भएको हो । बैठकमा आगामी

काठमाडौँ- अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भिजिट भिसा प्रकरणमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। भिजिट भिसामा विदेश जाने नेपालीसँग अवैध ढंगमा पैसा

काठमाडौं – आशन्न निर्वाचनका लागि नेपाली कांग्रेसका महामन्त्री गगन थापाको नाम काठमाडौं–४ बाट एकल सिफारिस गरिएको छ । प्रतिनिधिसभा निर्वाचन