"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

ब्राजिलका चर्चित फुटबल खेलाडी कार्लोस र प्रधानमन्त्री ओलीको भेट

प्रकाशित मिति :  १० बैशाख २०८२, बुधबार २१:०२


काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीसँग ब्राजिलका चर्चित फुटबल खेलाडी रोबर्टो कार्लोसले भेट गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बुधबार उनीहरुबीच भेट भएको हो। कार्लोस नेपाल सुरपल लिग (एनएसएल) को तेस्रो सिजनको खेल हेर्न काठमाडौँ आएका हुन्।

प्रधानमन्त्री ओलीले खेलाडी कार्लोसलाई स्वागत गर्दै उनको नेपाल आगमनले यहाँका खेलाडी र युवाहरुलाई उत्साह मिल्ने बताए। ओलीले नेपाल र ब्राजिलबीच राम्रो कूटनीतिक सम्बन्ध रहेको उल्लेख गर्दै दुवै देशको खेल क्षेत्रले एकार्कामा सिकाइ आदानप्रदान गर्नुपर्नेमा जोड दिएका थिए। खेलाडी कार्लोसलाई ओलीले माउन्टेन फ्ल्याइट र जंगल सफारी गर्ने योजनासहित फेरि नेपाल भ्रमणमा आउन आग्रह गरेका थिए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – नेपाल आईसीसी टी–२० महिला विश्वकपको ग्लोबल क्वालिफायरमा छनोट भएको छ । थाइल्याण्डको बैंककमा जारी एसिया क्षेत्र छनोट अन्तर्गत सुपर

काठमाडौँ– नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृंखला खेल्न स्कटल्याण्ड जाने नेपाली क्रिकेट टोलीलाई बुधबार बिदाइ

काठमाडौँ – भारत र पाकिस्तानबीच जारी तनावका कारण इन्डियन प्रिमियर लिग (आईपीएल) लाई एक साताका लागि स्थगित गरिएको छ। आईपीएलले सामाजिक

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) मा अर्को एउटा कीर्तिमान थपिएको छ। राजस्थानको जितमा १४ वर्षीय ओपनर वैभव सूर्यवंशीले कीर्तिमानी शतक