"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

नेपाललाई ‘ग्रे लिस्ट’बाट बाहिर ल्याउने कार्ययोजनाको तयारी सुरु

प्रकाशित मिति :  ९ बैशाख २०८२, मंगलवार १८:५०


काठमाडौं – नेपाललाई सम्पत्ति शुद्धीकरण सम्बन्धी ‘ग्रे लिस्ट’ बाट हटाउने सम्बन्धमा सरोकारवाला मन्त्रालयहरूले कार्ययोजना बनाउनुपर्ने भएको छ ।

सोमबार बसेको सचिव बैठकले ग्रे लिस्टबाट बाहिरिने शीघ्र सुधारात्मक क्रियाकलापको विस्तृतीकरण २०८२ कार्यान्वयनमा ल्याउन अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र गृह मन्त्रालयले आ–आफ्ना निकायगत कार्ययोजना बनाइ काम गर्ने निर्णय गरेको हो ।

त्यस्तै अन्य सम्बद्ध मन्त्रालय तथा निकायले आवश्यक सहयोग र समन्वय गर्नेसमेत निर्णय सचिव बैठकले गरेको छ । यस सम्बन्धमा सम्बन्धित सचिवले आफूसम्बद्ध र मातहतका जिम्मेवार कर्मचारी र पदाधिकारीलाई जानकारी गराउनुपर्ने छ ।

कार्यान्वयन प्रगति प्रत्येक महिना प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस गर्ने र सचिव बैठकमा समीक्षा गर्ने निर्णय समेत भएको कार्यालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – सरकारले मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले गरेका नौ निर्णय सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना

काठमाडौँ –  नेपाल राष्ट्र बैंकले ४५ दिनपछि नयाँ गभर्नर पाएको छ। मन्त्रिपरिषद्को मंगलबारको बैठकले अर्थशास्त्री डा. विश्व पौडेललाई गभर्नरमा नियुक्त

काठमाडौँ- प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले विभिन्न समसामयिक विषयमा आफ्ना धारणा राखेका छन्। बैठकको शून्य समयमा सांसद विना लामाले सदन सञ्चालनमा मुख्य

काठमाडौँ – गणतन्त्र दिवस २०८२ भव्यताका साथ मनाउन प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको छ। प्रधानमन्त्री तथा