"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

उपत्यका विकास प्राधिकरणका अमिनविरुद्ध तीन करोड २९ लाख भ्रष्टाचार मुद्दा

प्रकाशित मिति :  ९ बैशाख २०८२, मंगलवार ०९:२०


काठमाडौँ – काठमाडौं उपत्यका विकास प्राधिकरणका अमिन दिनेशप्रसाद यादवविरुद्ध सवा ३ करोड रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपत्यका विकास प्राधिकरण, जिल्ला आयुक्तको कार्यालय काठमाडौंद्वारा सञ्चालित बागमती नगर जग्गा एकीकरण आयोजनाअन्तर्गत गौरीघाटमा करारमा कार्यरत अमिन यादवविरुद्ध ३ करोड २९ लाख ४५ हजार ७ सय २ रुपैयाँ बिगो कायम गरी सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

पदको दुरुपयोग गरी यादवले गैरकानुनी सम्पत्ति आर्जन गरेको अनुसन्धानबाट पुष्टि भएपछि बिगोबमोजिम जरिवाना र कैद सजाय मागदाबीसहित मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ । उनीविरुद्ध अख्तियारले २०६३ भदौ ८ देखि २०८१ असार ३० सम्मको अवधिमा आर्जन गरेको चलअचल सम्पत्ति अनुसन्धानको दायरामा ल्याएको थियो । स्रोत नखुलेको सम्पत्तिलाई अख्तियारले बिगो कायम गरेको हो ।

सो अवधिमा यादवको वैध आय २ करोड ४२ लाख २० हजार ३ सय १ रुपैयाँ ३० पैसा देखिएको र ३ करोड २९ लाख ४५ हजार ७ सय २ रुपैयाँ २१ पैसा ऋणात्मक रही गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको पुष्टि हुन आएको अख्तियारको भनाइ छ ।

गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसुर भएको भन्दै बिगो बराबरको सम्पत्ति जफत गर्न अख्तियारले मागदाबी लिएको छ । गैरकानुनी सम्पत्तिबाट बढे–बढाइएको हाल कायम सम्पत्ति गर्न पनि अख्तियारले दाबी गरेको छ ।

यादवले सार्वजनिक पदमा रहँदा गैरकानुनी रुपमा आर्जन गरेको र सोबाट बढे बढाएको सम्पत्ति पत्नी अमृताकुमारी यादवका नाममा समेत राखेको भेटिएको छ । अख्तियारले अमृताकुमारीका नाममा राखिएको गैरकानुनी सम्पत्ति जफत प्रयोजनका लागि उनलाई पनि प्रतिवादी बनाएर मुद्दा दायर गरेको छ । पदमा रहँदा यादवले घुसलगायत लेनदेनबाट गैरकानुनी आर्जन गरेको पनि अख्तियारले दायर गरेको अभियोगपत्रमा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – सार्वजनिक खरिद अनुगमन कार्यालयले समयमा काम नसक्ने ३ निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ। कार्यालयले सार्वजनिक सूचना जारी गर्दै यज्ञश्वरी

काठमाडौँ – मानव तस्करसँग मिलेर भिजिट भिसामा सेटिङ गरेको आरोपमा गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानमा

काठमाडौँ – यस वर्ष देशका अधिकांश स्थानमा सरदरभन्दा बढी पानी पर्ने जल तथा मौसम विज्ञान विभागले प्रक्षेपण गरेको छ । विभागले

काठमाडौँ – सडक निर्माणमा भ्रष्टाचार गरेको अभियोगमा रुकुम पश्चिमको बाँफीकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दुर्गबहादुर ओलीसहित चारजनाविरुद्ध मुद्दा दायर गरिएको छ।