"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

कांग्रेस एमाले सहकार्यमा समस्या नभएको उच्च स्तरीय संयन्त्रको निष्कर्ष

प्रकाशित मिति :  ४ बैशाख २०८२, बिहीबार १०:४२


काठमाडों – नयाँ वर्ष सुरु नहुँदै कांग्रेस र एमालेबीच सतहमा देखिन थालेको मनोमालिन्य समाधान गर्न उच्च स्तरीय राजनीतिक संयन्त्रको बैठक बसेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बसेको कांग्रेस एमाले बैठकमा नेताहरुले यस बीचमा उठेका विभिन्न विषयहरुलाई साझा संवादबाट निप्टारा लगाउने समझदारी गरे ।

सत्तारुढ दलभित्रैबाट नेताहरुले सरकार र प्रधानमन्त्रीको कार्यशैलीबारे आलोचना गरिरहेको भन्दै बैठकमा कुरा भएको थियो । सहभागी एक नेताका अनुसार सरकारले गरिरहेका प्रगतिका सूचकहरुलाई तथ्यांकमै हेर्ने, अनुमान र आकलनका भरमा बोल्ने प्रवृत्तिलाई निरुत्साहित गर्ने छलफल भएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले एमालेसँगको सहकार्य राष्टिय राजनीतिक आवश्यकताले भएको भन्दै ०८४ को चुनाव नहुँदासम्म यसले आफ्नो उद्देश्यमा अविच्छिन्न अघि बढिराख्ने बताएका थिए । एक नेताले देउवाको भनाई उद्धृत गर्दै भने, ‘एउटै पार्टी हुँदा त कतिवटा कुराहरुसँग डिल गर्नुपर्छ यो त दुईवटा ठूला पार्टीको सरका हो । सानातिना कुरा बीचमा आउँछन्, छलफल गर्दै जानुपर्छ ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले संयन्त्रका नेताहरुसँग पार्टी उच्च तहले गरेको समझदारीकै स्पिरिटमा आम जनतासमक्ष विचार लैजानुपर्ने बताए । केही नियुक्तिहरुलाई, अनि बढुवाहरुलाई लिएर अनावश्यक प्रचार भएको भन्दै उनले सत्तारुढ नेताहरुसँग असन्तोष जनाएका थिए ।

कांग्रेस महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा, नेता शेखर कोइराला लगायतले सरकारको धिमा तथा सुस्त शैलीको आलोचना गरिरहेका छन् । नेताहरुले दिएका तिखा अभिव्यक्तिबारे प्रधानमन्त्री ओलीले सरोकार राखेका थिए । बैठकमा एमालेबाट नेताहरु ईश्वर पोखरेल, शंकर पोखरेल, विष्णु रिमाल, अनि कांग्रेसबाट देउवासहित गृहमन्त्री रमेश लेखक र परराष्ट्रमन्त्री आरजु राणा थिए ।

गृहमन्त्री रमेश लेखकले सत्तारुढ दुई नेकपा एमाले र नेपाली कांग्रेसकाबीचमा कुनै समस्या नभएको प्रष्ट पारे । बुधबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकपछि सञ्चारकर्मीसँग बोल्ने क्रममा गृहमन्त्री लेखकले यस्तो बताएका हुन् ।

‘हाम्रा बीचमा कुनै समस्या छैन । सरकार र दुई दलमा समस्या भयो कि भन्ने जुन आइरहेको छ । यस्तो कुनै समस्या छैन,’ उनले भने ।संयन्त्रले आन्दोलनरत शिक्षकहरुलाई माग सम्बोधन संसदमार्फत चाँडै हुने भन्दै काममा फर्किन आग्रह गरेको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले विभिन्न समसामयिक विषयमा आफ्ना धारणा राखेका छन्। बैठकको शून्य समयमा सांसद विना लामाले सदन सञ्चालनमा मुख्य

काठमाडौँ – गणतन्त्र दिवस २०८२ भव्यताका साथ मनाउन प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको छ। प्रधानमन्त्री तथा

काठमाडौँ– प्रतिनिधिसभाबाट ‘सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८१’ पारित भएको छ। शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको प्रतिवेदनसहित राष्ट्रियसभामा

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले हिमालहरु जोगाउनु भनेको पृथ्वी, महासागर र स्वयम् मानवता जोगाउनु हो भन्ने यथार्थलाई आत्मसात् गरेर