"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

कांग्रेस सभापति देउवाले बोलाए मन्त्रीसहित पदाधिकारी बैठक

प्रकाशित मिति :  ४ बैशाख २०८२, बिहीबार १०:३७


काठमाडौँ – सरकार सञ्चालनका विषयमा पार्टीभित्र बढेको असन्तुष्टिले सत्ता गठबन्धन संयन्त्रको बैठक नै प्रभावित भएपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठक बोलाएका छन्।

बुढानीलकण्ठस्थित सभापति देउवाको निवासमा जारी बैठकमा कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरूलाई पनि बोलाइएको छ। देउवाको सचिवालयका अनुसार पार्टी र सरकार सञ्चालनका विषयमा छलफल गर्न पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठक बोलाइएको हो। सरकारका काम कारबाहीका विषयमा ब्रिफिङ लिने गरी मन्त्रीहरूलाई पनि बोलाइएको देउवाको सचिवालयले जनाएको छ।

सरकारका कामकारबाही र निर्णय प्रक्रियालाई लिएर कांग्रेसभित्र असन्तुष्टि बढिरहेका बेला बुधबार बेलुका प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा कांग्रेसका दुई प्रभावशाली नेता नै अनुपस्थित थिए । जसका कारण कांग्रेस-एमाले गठबन्धन सरकारको आयुलाई लिएर प्रश्न उठिरहेको छ।

बुधबारको बैठकमा संयन्त्रका संयोजकसमेत रहेका कांग्रेस उपसभापति पूर्णबहादुर खड्का र संयन्त्र सदस्य तथा कांग्रेस महामन्त्री गगन थापा अनुपस्थित भएका थिए। उपसभापति र महामन्त्रीको अनुपस्थितिले सरकार सञ्चालनका लागि गठित संयन्त्रको बैठक नै प्रभावित भएपछि देउवाले बिहीबार पार्टीको बैठक राखेका हुन्।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – मानव तस्करसँग मिलेर भिजिट भिसामा सेटिङ गरेको आरोपमा गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानमा

काठमाडौँ – प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचारबारे अनुसन्धान र छानबिन गरी कारबाही गर्न अख्तियारलाई लेखि

काठमाडौँ –  नेपाल राष्ट्र बैंकले ४५ दिनपछि नयाँ गभर्नर पाएको छ। मन्त्रिपरिषद्को मंगलबारको बैठकले अर्थशास्त्री डा. विश्व पौडेललाई गभर्नरमा नियुक्त

काठमाडौँ- प्रधानमन्त्रीसमेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ। अहिले प्रधानमन्त्री