"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

रवि लामिछानेको निवेदनमा कैफियत प्रतिवेदन मगाउने सर्वोच्चको आदेश

प्रकाशित मिति :  ३० चैत्र २०८१, आईतवार १८:४४


काठमाडौँ – सर्वोच्च अदालतले उच्च अदालत तुलसीपुर, बुटवल इजलासले रास्वपा सभापति रवि लामिछानेलाई थुनामा पठाउन गरेको आदेशको कैफियत प्रतिवेदन मगाएको छ ।

आइतबार न्यायाधीश टेकप्रसाद ढुंगानाको एकल इजलासले लामिछानेको निवेदनमाथि सुनुवाइ गर्दै कैफियत प्रतिवेदन झिकाउन आदेश दिएको हो ।

उच्च अदालत तुलसीपुर, बुटवल इजलासको थुनामा पठाउने आदेशविरुद्ध रास्वपा सभापति रवि लामिछानेले सर्वोच्च अदालतमा बेरीतको आदेश बदर गरीपाउँ भन्दै निवेदन दर्ता गराएका थिए । शुक्रबार लामिछानेको निवेदन उनकी पत्नी निकिता पौडेल, रास्वपाकी सहप्रवक्ता प्रतीभा रावल र कानुन व्यवसायी नारायण कँडेल सर्वोच्च पुगेर दर्ता गराएका थिए ।

गत चैत २२ गते उच्च अदालत तुलसीपुर, बुटवलले इजलासले जिल्ला अदालत रुपन्देहीको फैसला बदर गर्दै लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । हाल लामिछाने थुनुवाका रुपमा रुपन्देही कारागारमा छन् ।

सहकारी ठगी कसुरमा गत माघ १३ गते जिल्ला अदालत रुपन्देही का न्यायाधीश प्रह्लादकुमार योगीको इजलासले लामिछानेलाई १ करोड रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो । उक्त आदेशविरुद्ध सरकारी वकिलको कार्यालय र लामिछाने दुवै उच्च अदालत तुलसीपुर, बुटवल इजलास पुगेका थिए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – काठमाडौं उपत्यका विकास प्राधिकरणका अमिन दिनेशप्रसाद यादवविरुद्ध सवा ३ करोड रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार मुद्दा दायर भएको

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले सडक आन्दोलन गर्ने तर वार्तामा नबस्ने भनेर कटाक्ष जारी राखेका बेला शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या

काठमाडौँ – माओवादी अध्यक्ष पुष्पकमल दाहालले हुलाकी राजमार्ग अभियानले २०८४ सम्म सरकारमा नजाने बताएका छन् । हुलाकी राजमार्गकेन्द्रित जागरण अभियानका क्रममा

काठमाडौँ – सरकार सञ्चालनका विषयमा पार्टीभित्र बढेको असन्तुष्टिले सत्ता गठबन्धन संयन्त्रको बैठक नै प्रभावित भएपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले