"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सरकारको मुख्य एजेण्डा स्थायित्व, सुशासन र विकास हो : प्रधानमन्त्री ओली

प्रकाशित मिति :  २७ चैत्र २०८१, बिहीबार २१:५९


काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार स्थिरता, स्थायित्व, सुशासन र विकासका लागि बनेको बताएका छन्। बिहीबार काठमाडौंमा नेपाल उद्योग वाणिज्य महासंघको ५९औं वार्षिक साधारणसभाको उद्‍घाटन गर्दै उनले अहिलेको सरकारको मुख्य एजेण्डा नै स्थायित्व, सुशासन र विकास रहेकाले अहिले गतिशील स्थायित्व कायम भएको बताए। 

उनले राज्यका नीतिहरू छिनछिनमा अस्वभाविकरूपमा बदलिने र नकारात्मक असर पर्ने कामको अन्त्य गर्नेमा सरकारको ध्यान रहेको बताए। प्रधानमन्त्री ओलीले सबैको विचारलाई सरकारले सम्मान गर्ने भएकाले अहिले कुनै आन्दोलन गरिरहनुपर्ने अवस्था नरहेको जिकिर गरे। उनले सरकार र निजी क्षेत्रको सहकार्यबाट राष्ट्रिय उपलब्धि हासिल गर्नुपर्नेमा जोड दिए।

निजी क्षेत्रसमेत विकासका लागि कम्मर कसेर आत्मविश्वासका साथ लागेकाले सरकार त्यसलाई सघाउन तयार उनले बताए। प्रधानमन्त्री ओलीले जनतालाई सेवा र सुविधा दिनका लागि विद्यमान प्रणाली स्थापना भएको र अहिलेको सरकारले यस प्रणालीलाई बलियो बनाउँदै लैजाने धारणा राखे। ठूला उत्पादन र उत्पादकत्व बढाउन सरकार अग्रसर रहेको भन्दै उनले निजी क्षेत्रले दिएका सुझावका आधारमा सरकारले नीति र कानुन बनाउँदै आएको पनि बताए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले आफूसँग असहमति नभई स्वास्थ्यका कारण राजीनामा दिएको बताएका छन् ।

काठमाडौं – नेपाललाई सम्पत्ति शुद्धीकरण सम्बन्धी ‘ग्रे लिस्ट’ बाट हटाउने सम्बन्धमा सरोकारवाला मन्त्रालयहरूले कार्ययोजना बनाउनुपर्ने भएको छ । सोमबार बसेको

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले संक्रमणकालीन न्याय प्रक्रियालाई अन्तिम निष्कर्षमा पुर्‍याउँदा द्वन्द्वकालमा भएका अमानवीय र जघन्य अपराधहरू माफ गर्न

काठमाडों – नयाँ वर्ष सुरु नहुँदै कांग्रेस र एमालेबीच सतहमा देखिन थालेको मनोमालिन्य समाधान गर्न उच्च स्तरीय राजनीतिक संयन्त्रको बैठक