"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

अपरिचित म्यासेजका लिंक नखोल्न साइबर ब्यूरोको अनुरोध

प्रकाशित मिति :  २७ चैत्र २०८१, बिहीबार १७:२६


काठमाडौँ– पछिल्लो समय सामाजिक सञ्जालमार्फत केही बैंकको वालेट प्रयोगकर्तालाई चेतावनीसहितका विभिन्न म्यासेज पठाई अनलाइन ठगी गर्ने क्रम बढेकाले सचेतता अपनाउन साइबर ब्यूरोले अनुरोध गरेको छ।

ब्यूरोले बिहीबार सूचना जारी गर्दै सामाजिक सञ्जाल तथा म्यासेजमा पठाइएका लिंक क्लिक गरी आफ्ना विवरण सेयर नगर्न र कुनै पनि सफ्टवेयर आफ्नो मोबाइल, ल्यापटपलगायत उपकरणमा ‘इन्स्टल’ नगर्न सूचित गरेको हो।

पछिल्लो समय सामाजिक सञ्जालमार्फत अनलइन माध्यमबाट लोन भुक्तानी गर्ने, सेयर बजारसम्बन्धी तालिम लिन सकिने र सोका लागि उपलब्ध गराइएको लिंक खोलेर आवश्यक सफ्टवेयर इन्स्टल गर्नुपर्ने भनी अवैध लिंक पठाउने गरेको पाइएको ब्यूरोका प्रहरी उपरीक्षक दीपकराज अवस्थीले जानकारी दिए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – गृहमन्त्री रमेश लेखकले प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणमा सहभागीको निष्पक्ष छानबिन गर्न निर्देशन दिएका छन्। मन्त्री लेखकले सोमबार

काठमाडौँ — काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि २५ अर्ब ७६ करोड ४३ लाख रुपैयाँको बजेट ल्याएको छ । महानगरको १७

काठमाडौँ — राष्ट्रिय सूचना प्रविधि केन्द्रका उपकरण खरिदमा भ्रष्टाचार गरेको अभियोगका केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनील पौडेलसहित ६ विरुद्ध भ्रष्टाचार

खोटाङ – दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ स्थित जनता उच्च माविलाई प्राप्त अनुदान रकम हिनामिना गरेको अभियोगमा तत्कालीन जिल्ला शिक्षा अधिकारीहरूसहित ९