"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

नेपाललाई ‘ग्रे लिस्ट’ बाट बाहिर निकाल्न गृहकार्य हुदै

प्रकाशित मिति :  २५ चैत्र २०८१, मंगलवार १८:५१


काठमाडौँ- नेपाललाई ‘ग्रे लिस्ट’ बाट बाहिर ल्याउन कार्ययोजनालाई अन्तिम रूप दिने र त्यसलाई कार्यान्वयन गर्ने निर्णय पनि गरेको छ।छलफलमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाललाई ‘ग्रे लिस्ट’ बाट बाहिर निकाल्न कार्ययोजनाअनुसार कार्य गर्दा गर्दैै आगामी दिनमा नेपाल ‘ग्रे लिस्ट’ मा नपर्ने बताए। उनले यसका लागि दीर्घकालीन हिसाबले काम गर्न आवश्यक रहेको बताए।

अर्थमन्त्री पौडेलले जिम्मेवार निकायहरूलाई क्रियाकलपा सम्म गर्न समयसीमासहित कार्ययोजना कार्यान्वयन गर्न निर्देशन दिए। यसैगरी कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले नेपाललाई ग्रे लिस्टबाट बाहिर निकाल्न कानुनको कमी नभएको बताए। उनले इच्छाशक्ति लगाएर काम गरे नेपाललाई ग्रे लिस्टबाट निकाल्न सकिने उल्लेख गरे । नेपाल राष्ट्र बैंकका कायम मुकायम गभर्नर निलम ढुंगाना तिम्सिनाले अन्तिम समयमा काम गर्ने भन्दा कार्ययोजनाअनुसार सुरूदेखि नै काम गर्न आवश्यक रहेको धारणा राखिन्।

उनले जोखिम मूल्यांकन, अन्तर निकाय समन्वय, नियमन तथा सुपरिवेक्षण, अनुसन्धान तथा अभियोजन, कसुरजन्य सम्पत्तिलगायतका क्षेत्रमा काम गर्न जरूरी रहेको बताउँदै कानुनमा भन्दा कार्यान्वयनमा जोड दिन आवश्यक रहेको बताइन्। बैठकमा सहभागीहरूले प्रविधिलाई जोड दिएर कार्ययोजनाअनुसार काम गर्दा नेपाल ग्रे लिस्टबाट बाहिर आउनसक्ने धारणा राखेका थिए। नेपाल गत फागुन ९ गते ‘फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ)’ को ग्रे लिस्टमा परेको थियो।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

कैलाली – भजनी नगरपालिकाका कृष्ण चौधरी विगत पाँच वर्षदेखि चैते धानखेती गर्दै आएका छन् । पाँच कट्ठा क्षेत्रफलबाट सुरु गरेको

काठमाडौँ – काठमाडौं उपत्यका विकास प्राधिकरणका अमिन दिनेशप्रसाद यादवविरुद्ध सवा ३ करोड रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार मुद्दा दायर भएको

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले सडक आन्दोलन गर्ने तर वार्तामा नबस्ने भनेर कटाक्ष जारी राखेका बेला शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या

काठमाडौँ – माओवादी अध्यक्ष पुष्पकमल दाहालले हुलाकी राजमार्ग अभियानले २०८४ सम्म सरकारमा नजाने बताएका छन् । हुलाकी राजमार्गकेन्द्रित जागरण अभियानका क्रममा