"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

नेपाल प्रज्ञा प्रतिष्ठानले १० जनालाई पुरस्कृत गर्ने

प्रकाशित मिति :  २० चैत्र २०८१, बिहीबार २१:३०


काठमाडौँ – नेपाल प्रज्ञा प्रतिष्ठानले विभिन्न १० जनालाई पुरस्कृत गर्ने निर्णय गरेको छ। प्रत्येक वर्ष प्रदान गरिने यी पुरस्कारको राशि प्रतिपुरस्कार एक लाख रुपैयाँ रहेको प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीले जानकारी दिए।

२०८१ को प्रज्ञा भाषा पुरस्कार चूडामणि रेग्मीलाई प्रदान गर्ने निर्णय भएको छ। यसैगरी प्रज्ञा सामाजिक शास्त्र पुरस्कार दिल साहनीलाई, प्रज्ञा संस्कृति पुरस्कार डिक बान्तवालाई, प्रज्ञा बालसाहित्य पुरस्कार शारदारमण नेपाललाई प्रदान गर्ने निर्णय गरिएको  सुवेदीले बताए।

प्रज्ञा साहित्य (पद्य) पुरस्कार जसरात किरातीलाई, प्रज्ञा साहित्य (पद्य) पुरस्कार कृष्ण धरावासीलाई, प्रज्ञा समालोचना पुरस्कार सुधा त्रिपाठीलाई, प्रज्ञा दर्शन पुरस्कार गोपीरमण उपाध्यायलाई प्रदान गर्ने निर्णय भएको छ। प्रज्ञा अनुवाद पुरस्कार बलराम अधिकारीलाई र प्रज्ञा अनुवाद पुरस्कार भवीलाल लामिछाने (भारत)लाई प्रदान गर्ने निर्णय भएको छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – काठमाडौं उपत्यका विकास प्राधिकरणका अमिन दिनेशप्रसाद यादवविरुद्ध सवा ३ करोड रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार मुद्दा दायर भएको

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले संक्रमणकालीन न्याय प्रक्रियालाई अन्तिम निष्कर्षमा पुर्‍याउँदा द्वन्द्वकालमा भएका अमानवीय र जघन्य अपराधहरू माफ गर्न

काठमाडौं – सरकारी निकायमा कार्यरत अस्थायी र करार कर्मचारी पनि अब सामाजिक सुरक्षा योजनामा सहभागी हुन पाउने भएका छन् ।श्रम

काठमाडौं – नयाँ वर्ष २०८२ सालमा ८८ दिन सार्वजनिक बिदा हुने छ । नेपालमा राजपत्रमा प्रकाशित सूचना अनुसार २०८२ सालमा