"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

काठमाडौं आज विश्वकै प्रदूषित सहर

प्रकाशित मिति :  2 April, 2025 5:36 pm


काठमाडौँ – लगातार चार दिनदेखि काठमाडौंको हावा प्रदूषित बनेको छ । चैत १७ आइतबारदेखि २० बुधबारसम्म काठमाडौंको हावाको गुणस्तर तह ‘निकै प्रदूषित’ तहमा रहेको छ । 

चैत १७ गते आइतबार काठमाडौंको वायु गुणस्तर २११ एक्यूआई (एयर क्वालिटी इन्डेक्स) रहेको थियो । यस्तै चैत १८ गते सोमबार २३२, चैत १९ गते मंगलबार २२३ र चैत २० गते बुधबार (चार बजे) २४७ एक्यूआई पुगेको हो । काठमाडौंको वायुको गुणस्तर लगातार दुई सय एक्यूआई पुगेसँगै बुधबार पनि काठमाडौं विश्वकै प्रदूषित सहर बनेको छ ।

यसले अहिले आँखा पोल्ने र वायुमण्डल धुलोका कणहरू जमेर सेतो तुवाँलो देखिएको छ । काठमाडौंको वायु लगातार प्रदूषित बनेपछि वातावरण विभागले घर बाहिर निस्कदा अनिवार्य मास्कको प्रयोग गर्न र प्रदूषण उच्च भएको समयमा घर बाहिर ननिस्कन अनुरोधसमेत गरेको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – नेपाल प्रहरीको प्रहरी निरीक्षक (इन्स्पेक्टर) र प्रहरी सहायक निरीक्षक (असई)मा भर्ना खुलेको छ। शुक्रबार विज्ञापन प्रकाशन गर्दै नेपाल प्रहरीले

काठमाडौँ- अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भिजिट भिसा प्रकरणमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। भिजिट भिसामा विदेश जाने नेपालीसँग अवैध ढंगमा पैसा

ओखलढुंगा भूगोलको हिसाबले एक पहाडी जिल्ला हो । पूर्वमा खोटाङ, पश्चिममा रामेछाप, उत्तरमा सोलुखुम्बु र दक्षिणमा सिन्धुली र उदयपुर जिल्लाले

काठमाडौं – सुनसरीको बराहक्षेत्र नगरपालिकाका तत्कालीन सव–इन्जिनियर शिव नारायण मण्डलले नक्कली शैक्षिक प्रमाण पेश गरेर सरकारी सेवाको लाभ लिएको अभियोगमा