"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

नेपाल र थाइल्याण्डबीच पर्यटन सहकार्य सम्झौतामा हस्ताक्षर

प्रकाशित मिति :  2 April, 2025 12:57 pm


काठमाडौँ – नेपाल र थाइल्याण्ड सरकारबीच पर्यटन क्षेत्रमा सहकार्य गर्नेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ। बुधबार परराष्ट्र मन्त्री आरजु राणा देउवा र थाइल्याण्ड सरकारका प्रतिनिधिले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन्। त्यस्तै, गैरसरकारी उद्योगहरू र अन्य विभिन्न सम्झौताहरू भएको परराष्ट्र मन्त्री राणाले उल्लेख गरेकी छन्।

‘नेपाल सरकार र थाइल्यान्ड राजकीय सरकारबीच सांस्कृतिक सम्झौतामा मैले नेपाल सरकारको तर्फबाट हस्ताक्षर गरेको छु साथै नेपाल सरकार र थाइल्यान्ड राजकीय सरकारबीच पर्यटन सहकार्यसम्बन्धी समझदारी पत्र (एमओयु) मा पनि हस्ताक्षर गरेको छु,’ उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘हाम्रा देशका गैर-सरकारी उद्योगहरूबीच पनि विभिन्न अन्य सम्झौताहरू भएका छन्। यी सबै पहलहरूले नेपाल-थाइल्याण्ड सम्बन्धलाई विभिन्न क्षेत्रहरूमा सुदृढ गर्न सहयोग गर्नेछन्।’



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- सुशीला कार्की नेतृत्वको सरकारमा चार जना मन्त्री थपिएका छन्। उनीहरू चारैजनाले शुक्रबार शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको

काठमाडौं – सरकारले भदौ २३ र २४ गते भएको घटना जाँचबुझ आयोगको कार्यादेश थप गर्ने निर्णय गरेको छ । सरकार

काठमाडौं – गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनलाई सरकारले जनआन्दोलनको मान्यता दिने भएको छ । बुधबार साँझ

ललितपुर- प्रधानमन्त्री सुशीला कार्कीले पछिल्ला वर्षहरूमा भ्रष्टाचार अन्त्य चुनौतीका रूपमा देखा परेको बताएकी छन्। ७७औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवस तथा मानवअधिकारको विश्वव्यापी