"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

राष्ट्रपतिद्धारा ५ वटा विधेयक प्रमाणीकरण

प्रकाशित मिति :  31 March, 2025 8:15 pm


काठमाडौं – संघीय संसद्ले एकै दिनमा विभिन्न ५ वटा ऐन बनाएको छ । राष्ट्रिय सभामा एकैसदन पाँच वटा विधेयकमाथि दफावार छलफल भयो । दफावार छलफलपछि पाँच वटै विधेयक क्रमश पारित भए ।

सोमबार सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक र सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले सभामा प्रस्तुत गरेका थिए ।

बाँकी तीन वटा विधेयक अर्थमन्त्री विष्णु पौडेलले प्रस्तुत गरेका थिए । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, निजीकरण (पहिलो संशोधन) विधेयक र आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक सोमबार राष्ट्रिय सभाबाट पारित भएको हो ।

राष्ट्रिय सभाबाट पारित पाँच वटै विधेयकको सन्देश सोमबार नै प्रतिनिधि सभामा टेबुल भयो । राष्ट्रिय सभाबाट पारित भएर गएको विधेयकका लागि प्रतिनिधिसभाको दोस्रो बैठक बसेको थियो ।

प्रतिनिधिसभाको दोस्रो बैठकमा पाँच वटै विधेयक राष्ट्रिय सभाबाट पारित भएको सन्देश टेबुल गरिएको हो । यो सँगै संघीय संसद्का दुवै सदनले पाँच वटा विधेयक पारित गर्ने प्रक्रिया पूरा गरे ।

सभामुखले पनि सोमबार नै राष्ट्रपतिकहाँ पठाएका छन् । राष्ट्रपतिले पनि सोमबार नै ती विधेयकहरू प्रमाणीकरण गरे । यो सँगै ५ वटा विधेयक ऐनको रुपमा रुपान्तरित भएको हो ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- सुशीला कार्की नेतृत्वको सरकारमा चार जना मन्त्री थपिएका छन्। उनीहरू चारैजनाले शुक्रबार शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको

काठमाडौं – सरकारले भदौ २३ र २४ गते भएको घटना जाँचबुझ आयोगको कार्यादेश थप गर्ने निर्णय गरेको छ । सरकार

काठमाडौँ- अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भिजिट भिसा प्रकरणमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। भिजिट भिसामा विदेश जाने नेपालीसँग अवैध ढंगमा पैसा

काठमाडौं – गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनलाई सरकारले जनआन्दोलनको मान्यता दिने भएको छ । बुधबार साँझ