"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

गाउँपालिका अध्यक्षसहित सात जनाविरुद्ध भ्रष्टाचारको मुद्दा

प्रकाशित मिति :  १३ चैत्र २०८१, बिहीबार २२:२५


काठमाडौँ । बझाङ्गको खप्तडछान्ना गाउँपालिका तत्कालीन अध्यक्ष र वडा नम्बर ४ का  वडाध्यक्षसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

सिम्लका घट्ट सिंचाई कुलो निर्माणमा आर्थिक वर्ष २०७६/७७ मा रकम विनियोजन गरी आर्थिक वर्ष २०७७/७८ मा कुनै पनि काम नगरी १४ लाख आठ हजार ८१७ रुपियाँ भुक्तानी लिइ अनियमितता गरेको उजुरीमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।

अख्तियारले गाउँपालिकाका तत्कालीन अध्यक्ष वर्कबहादुर रोकाया, वडा नम्बर ४ का तत्कालीन वडा अध्यक्ष भीमबहादुर रोकायासहित सात जनाविरुद्ध मुद्दा दायर भएको हो। 

उक्त मुद्दामा  गाउँ कार्यपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत दिपककुमार रावल,   इन्जिनियर सुरेन्द्रबहादुर खाती, तत्कालीन प्राविधिक असिष्टेण्ट इन्जिनियर लेखापाल मदनराज जोशी, सिंचाई कुलो योजनाको उपभोक्ता समितिको तत्कालीन अध्यक्ष शमशेर रोकायालाई विपक्षी बनाइएका छ ।

अख्तियारले उनीहरुलाई  भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ र दफा १२ बमोजिमको कसुरमा कैद र जरिवाना सजाय माग गरेको छ। 



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – काठमाडौं उपत्यका विकास प्राधिकरणका अमिन दिनेशप्रसाद यादवविरुद्ध सवा ३ करोड रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार मुद्दा दायर भएको

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले संक्रमणकालीन न्याय प्रक्रियालाई अन्तिम निष्कर्षमा पुर्‍याउँदा द्वन्द्वकालमा भएका अमानवीय र जघन्य अपराधहरू माफ गर्न

काठमाडौं – सरकारी निकायमा कार्यरत अस्थायी र करार कर्मचारी पनि अब सामाजिक सुरक्षा योजनामा सहभागी हुन पाउने भएका छन् ।श्रम

काठमाडौं – नयाँ वर्ष २०८२ सालमा ८८ दिन सार्वजनिक बिदा हुने छ । नेपालमा राजपत्रमा प्रकाशित सूचना अनुसार २०८२ सालमा