"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

अख्तियारद्धारा नेपाल प्रहरीका सई ३० हजार घुससहित पक्राउ

प्रकाशित मिति :  १३ चैत्र २०८१, बिहीबार २१:५७


काठमाडौँ- अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले रूपन्देहीमा कार्यरत नेपाल प्रहरीका एक सईलाई घुससहित पक्राउ गरेको छ। अख्तियारको टोलीले हाटी बनगाई दुर्गौलियामा कार्यरत सई खिमबहादुर खड्कालाई बिहीबार घुससहित पक्राउ गरेको हो।

सेवाग्रहीसँग तीस हजार नगद घुस लिइरहेको अवस्थामा खड्कालाई नियन्त्रणमा लिइएको अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए।

रूपन्देहीको दुर्गौलिया नाका हुँदै भन्सार छली अवैधरूपमा घरायसी प्रयोजनका सामान ल्याउन सहजीकरण गरिदिने भनी सेवाग्रहीसँग घुस लिइरहेको अवस्थामा अख्तियारको बुटवलस्थित कार्यालयबाट खटिएको टोलीलाई खड्कालाई नियन्त्रणमा लिएको पौडेलले बताए।

सेवाग्रहीबाट घुस लिइसकेको अवस्थामा सई खड्कालाई मायादेवी गाउँपालिका–६ बाट घुस रकमसहित नियन्त्रणमा लिएको उनले जानकारी दिए। खड्कामाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – काठमाडौं उपत्यका विकास प्राधिकरणका अमिन दिनेशप्रसाद यादवविरुद्ध सवा ३ करोड रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार मुद्दा दायर भएको

काठमाडौं – सरकारी निकायमा कार्यरत अस्थायी र करार कर्मचारी पनि अब सामाजिक सुरक्षा योजनामा सहभागी हुन पाउने भएका छन् ।श्रम

काठमाडौं – नयाँ वर्ष २०८२ सालमा ८८ दिन सार्वजनिक बिदा हुने छ । नेपालमा राजपत्रमा प्रकाशित सूचना अनुसार २०८२ सालमा

काठमाडौँ – विगतमा आफूले दायर गरेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलामा चित्त नबुझेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १२ वटा मुद्दामा