"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

राष्ट्रपति पौडेल भेट्न प्रचण्ड शीतल निवासमा

प्रकाशित मिति :  24 March, 2025 10:31 pm


काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेल भेट्न प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सोमबार अपराह्न शीतलनिवास पुगे ।

पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्ड राष्ट्रपति पौडेल भेट्न दौरा सुरुवाल लगाएर शीतलनिवास पुगेका थिए । लामो समयदेखि अवरुद्ध रहेको संक्रमणकालीन न्यायबारे छलफल गर्न प्रचण्ड पार्टीले चलाइरहेको जागरण अभियान स्थगित गरेर सोमबार काठमाडौं आएका हुन् । संक्रमणकालीन न्यायको अवरुद्ध प्रक्रिया अघि बढाउने प्रयास स्वरूप प्रमुख दलका शीर्ष नेताहरूको बैठकमा भाग लिनुअघि प्रचण्डले राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका हुन् ।

प्रचण्डका स्वकिय सचिव गोविन्द आचार्यले अनौपचारिक भेटघाट भएको जानकारी दिए । ‘यो अनौपचारिक र एकप्रकारको कर्टेसी ९शिष्टाचार० भेटघाट हो,’ आचार्यले भने, ‘भेटमा समसामयिक विषयमा कुराकानी भयो ।’ लामो समय भेट नभएकोले राष्ट्रपति र विपक्षी दलको नेताबीच भेटवार्ता भएको उनले बताए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- सुशीला कार्की नेतृत्वको सरकारमा चार जना मन्त्री थपिएका छन्। उनीहरू चारैजनाले शुक्रबार शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको

काठमाडौं – सरकारले भदौ २३ र २४ गते भएको घटना जाँचबुझ आयोगको कार्यादेश थप गर्ने निर्णय गरेको छ । सरकार

काठमाडौँ- अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भिजिट भिसा प्रकरणमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। भिजिट भिसामा विदेश जाने नेपालीसँग अवैध ढंगमा पैसा

काठमाडौं – गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनलाई सरकारले जनआन्दोलनको मान्यता दिने भएको छ । बुधबार साँझ