"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

संक्रमणकालीन न्यायलाई टुङ्ग्याउने शिर्ष नेताहरुविच सहमती

प्रकाशित मिति :  24 March, 2025 10:26 pm


काठमाडौँ – सिंहदरबारमा सोमबार प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित नेताहरूबीच छलफल भयो। नेकपा (एमाले) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीसहित तीन दलका शीर्ष नेताहरूको बैठकमा सत्य निरूपण तथा बेपत्ता पारिएका व्यक्ति छानबिन आयोगका पदाधिकारी नियुक्तिका लागि अर्को सर्च कमिटी बनाउने सहमति भएको छ।

छलफलमा संक्रमणकालीन न्यायसम्बन्धी आयोग गठनका लागि सर्च कमिटी बनाउने सहमति जुटेको प्रधानमन्त्री ओलीका संक्रमणकालीन न्याय सल्लाहकार अग्नि खरेलले जानकारी दिए।  ‘केही समयअगाडि दुइटै आयोग गठनका निम्ती सर्च कमिटी बनेको थियो। सिफारिस समितिले प्रतिवेदन दिएको थियो। त्यो प्रतिवेदन पनि राखियो। दलहरूकाबीचमा सहमति निर्माण गरेर जाने विगतको परम्पराजस्तै तीन दलका शीर्ष नेता बसेर छलफल गर्नुभयो। त्यसमा हामी एउटा निष्कर्षमा हामी पुगेका छौं,’ उनले भने।

उनले बेपत्ता पारिएको व्यक्तिहरूको छानबिन तथा सत्य निरूपण मेलमिलाप ऐन २०७१ को दफा ३ को उपदफा ३ बमोजिम दुवै आयोगका अध्यक्षलगायत पदाधिकारी नियुक्तिका लागि सिफारिस समिति सर्च कमिटी अगाडि बढाउन प्रधानमन्त्रीले दुवै दलका अध्यक्षसँग परामर्श गरेको जानकारी दिए।

परामर्श अनुसार समिति निर्माण प्रक्रिया अघि बढने उनले बताए। यसअघि सरकारले पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्र नेतृत्वमा सर्च समिति बनाएको थियो। त्यस समितिले आवेदन आह्वान गर्ने, सूची बनाउने र आवेदकहरूसँग अन्तर्वार्ता गर्ने लगायतका प्रक्रिया पूरा गरे पनि नियुक्तिका लागि नाम सिफारिस गर्न सकेको थिएन।

छलफलमा प्रधानमन्त्रीका संक्रमणकालीन न्याय सल्लाहकार अग्नि खरेल, माओवादी केन्द्रका नेता तथा कानूनविद् खिमलाल देवकोटा, गृहमन्त्री रमेश लेखक र माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेत पनि थिए। बैठकपछि गृहमन्त्री रमेश लेखकले पनि आयोग बनाउने प्रक्रिया सुरू गर्ने सहमति भएको बताए। उनका अनुसार सरकारले अब छिट्टै सर्च कमिटी बनाउनेछ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — नेपालमा भदौ २४ गतेको विध्वंशपछि विधिको शासनको ठाउँमा अराजकको शासन चलिरहेको एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले बताएका छन् ।

काठमाडौँ — एमालेको सचिवालय बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक सुरु भएको हो । बैठकमा आगामी

काठमाडौँ- अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भिजिट भिसा प्रकरणमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। भिजिट भिसामा विदेश जाने नेपालीसँग अवैध ढंगमा पैसा

काठमाडौं – आशन्न निर्वाचनका लागि नेपाली कांग्रेसका महामन्त्री गगन थापाको नाम काठमाडौं–४ बाट एकल सिफारिस गरिएको छ । प्रतिनिधिसभा निर्वाचन