"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

जिलेस्पीको गोलमा सिंगापुर विरुद्ध नेपालको ऐतिहासिक जित

प्रकाशित मिति :  22 March, 2025 11:01 am


काठमाडौँ- अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा घरेलु टोली सिंगापुरविरुद्ध नेपालले १–० को जित निकालेको छ। शुक्रबार सिंगापुर राष्ट्रिय रंगशालामा भएको खेलमा जिलेस्पीजंग कार्कीले १२औँ मिनेटमा गरेको गोल नै निर्णायक बनेको हो।

नेपालले सिंगापुरविरुद्ध पहिलो पटक जित निकालेको हो। नेपाल र सिंगापुर सन् १९८९ पछि एक अर्काविरुद्ध मैदान उत्रिएका थिए।

विश्वकप छनोटअन्तर्गत १९८९ मा भएको पछिल्लो भेटमा नेपाल ७-० ले पराजित भएको थियो। यसै गरी सन् १९८९ मै विश्वकप अन्तर्गतकै खेलमा पनि नेपाल ३-० ले पराजित भएको थियो।

त्यसअघि सन् १९८२ को किंग्स कपमा नेपालले सिंगापुरसँग २-० को हार बेहोरेको थियो। नेपालले एएफसी एसिया कप छनोटको तयारी स्वरुप सिंगापुरसँग मैत्रीपूर्ण खेल खेलेको हो। नेपालले मंगलबार मलेसियाको सामना गर्नेछ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो सिजनको विजेता बनेको छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा

काठमाडौं – लुम्बिनी लायन्सले दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)को फाइनलमा सुदूरपश्चिम रोयल्ससँग भेट पक्का गरेको छ। दोस्रो

काठमाडौँ — लुम्बिनी लायन्सले सानदार बलिङ गर्दै नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको इलिमिनेटरमा काठमान्डु गोर्खाजलाई ४ विकेटले पराजित गरेको छ

काठमाडौँ — सुदूरपश्चिम रोयल्सले लगातार दोस्रो सिजन नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेल्ने भएको छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट