"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

विश्वभरका स्थानीय मध्येमा तिलोत्तमा असल अभ्यासको उत्कृष्ट ४० सूचीमा

प्रकाशित मिति :  ६ चैत्र २०८१, बिहीबार १०:१४


बुटवल – रुपन्देहीको तिलोत्तमा नगरपालिका नागरिक सहभागितामा असल अभ्यास गर्ने विश्वभरका स्थानीय तथा प्रदेश सरकारहरु बीचको अवार्ड प्रतियोगिताको उत्कृष्ट ४०को सूचीमा परेको छ ।

अर्जेन्टिनाको इन्टरनेसनल अब्जरभेटरी अन पार्टिसिपेसन (ओआईडीपी) संस्थाले आयोजना गरेको २४औं संस्करणको अवार्डका लागि तिलोत्तमा पहिलो चरणमा उत्कृष्ट ४० भित्र परेको हो ।

ओआईडीपीले आफ्नो वेबसाइटमार्फत विभिन्न पाँच वटा विषयमा आवेदन माग गरेकामा तिलोत्तमा नगरपालिका जनसहभागितामा सञ्चालित सरसफाइ तथा हरियाली प्रवर्द्धन अभियानबाट पहिलो चरणमा उत्कृष्ट ४० भित्र परेको नगर प्रमुख रामकृष्ण खाँणले बताए ।

अवार्डका लागि विश्वका ३७ देशका १३७ वटा स्थानीय र प्रदेश सरकारले आवेदन दिएका थिए । प्रारम्भिक सूचीमा परेका ४० स्थानीय र प्रदेश सरकारबीच अनलाइन भोटिङको ५० अंक तथा निर्णायकको मूल्याङ्कनको ५० अंकको आधारमा अवार्ड विजेता घोषणा गरिने ओआईडीपीको वेबसाइटमा उल्लेख छ । अवार्ड घोषणा समारोह आगामी मे महिनाको २१देखि २३ सम्म अर्जेन्टिनाको कोर्डोबामा हुने छ ।

तिलोत्तमा नेपालको मात्र नभई सार्क राष्ट्रकै एक मात्र स्थानीय सरकारका रुपमा यो अवार्डको सूचीमा परेकाले अनलाइन भोटिङ खुला भएपछि तिलोत्तमालाई मत दिएर जिताई नेपाललाई अन्तर्राट्रिय जगतमा थप चिनाउन नेपालभर र विश्वभर रहेका नेपालीलाई नगर प्रमुख खाँणले अपील गरे ।

ओआइडिपीले मार्च अन्तिमभित्रै एक हप्ताको अवधि निर्धारण गरी अनलाइन भोटिङ खुला गर्ने जानकारी गराएको नगरपालिकाका अधिकृत शंकर पन्थीले जानकारी दिए । अनलाइन भोटिङ गर्दा एकजनाले ५ वटै विषयमा मत दिनुपर्ने अन्यथा मत रद्द हुने नियम रहेको पन्थीले बताए । ओआईडीपीको वेबसाइटमै गएर मत दिन सकिने उनले बताए ।

तिलोत्तमा नगरपालिकामा २०७४ सालदेखि हरेक १५ दिनमा जनसहभागितामा सरसफाइ तथा हरियाली प्रवद्र्धन अभियान आठौं वर्षमा निरन्तर चलिरहेको छ । उक्त अभियानको १४० औं श्रृंखला सम्पन्न भएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – काठमाडौं उपत्यका विकास प्राधिकरणका अमिन दिनेशप्रसाद यादवविरुद्ध सवा ३ करोड रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार मुद्दा दायर भएको

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले संक्रमणकालीन न्याय प्रक्रियालाई अन्तिम निष्कर्षमा पुर्‍याउँदा द्वन्द्वकालमा भएका अमानवीय र जघन्य अपराधहरू माफ गर्न

काठमाडौं – सरकारी निकायमा कार्यरत अस्थायी र करार कर्मचारी पनि अब सामाजिक सुरक्षा योजनामा सहभागी हुन पाउने भएका छन् ।श्रम

काठमाडौं – नयाँ वर्ष २०८२ सालमा ८८ दिन सार्वजनिक बिदा हुने छ । नेपालमा राजपत्रमा प्रकाशित सूचना अनुसार २०८२ सालमा