"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

अन्तरिक्षमा नौ महिना विश्वकै लागि रोमाञ्चक यात्रा

प्रकाशित मिति :  ६ चैत्र २०८१, बिहीबार ०८:४३


एजेन्सी / वीवीसि – अन्तरिक्षमा २८६ दिन बसेर नासाका दुई वैज्ञानिक सुनीता विलिअम्स सनी र ब्यारी ई विल्मोर बुचु पृथ्वी फर्किएका छन्। तर उनीहरूको अन्तरिक्षवासु स्वैच्छिक नभई बाध्यात्मक थियो।

उनीहरूलाई लिएर आएको स्पेसएक्स क्रू ड्र्यागनको क्याप्स्यूल संयुक्त राज्य अमेरिकाको फ्लोरिडामा स्थानीय समयानुसार मङ्गलवार अपराह्ण ६ बजेतिर (नेपाली समयानुसार बुधवार सबेरै) समुद्रमा अवतरण गर्‍यो।

अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा अरू अन्तरिक्षयात्रीलाई लिएर गएको उक्त यानमा विलिअम्स र विल्मोर फर्किएका हुन्। आईएसएसबाट उनीहरूसँगै नासाका अन्तरिक्षयात्री निक हेग र रुसी अन्तरिक्षयात्री आलेक्सान्डर गोर्बुनोफ पनि फर्किए। उक्त यान १७ घण्टाको यात्रापछि आईएसएसबाट पृथ्वी आइपुगेको थियो।

अन्तरिक्षयान फिर्तीको नासाले आफ्नो वेबसाइट र सामाजिक सञ्जालका मञ्चहरूमा प्रत्यक्ष प्रसारण गरेको थियो। उक्त यान पानीमा ओर्लिएपछि त्यसको वरिपरि डल्फिनहरूको एउटा समूह भेला भएको थियो। प्रत्यक्ष प्रसारणमा उद्घोषकले ठट्ट्यौलो शैलीमा डल्फिनहरू नासाको टोलीका (मानार्थ सदस्य) भएको बताए।

पानीमा अवतरण गरेको एक घण्टाभित्रै सबै अन्तरिक्षयात्रीहरू ड्र्यागन क्याप्स्यूलबाट बाहिर निस्किएका थिए। नासाका कर्मचारीहरूले स्वागत गर्दा विलिअम्स र विल्मोर प्रफुल्ल मुद्रामा देखिन्थे।
बोइङ स्टारलाइनर क्याप्स्यूलको परीक्षण उडानमा सहभागी हुँदै उनीहरू गत जुन महिनामा आठ दिनका लागि भनेर अन्तरिक्षमा गएका थिए। तर उक्त यानमा प्राविधिक समस्या उत्पन्न भएपछि उनीहरू अन्तरिक्ष स्टेशनमै बस्न बाध्य भएका थिए। यसअघि उनीहरूलाई फिर्ता ल्याउन गरिएको प्रयास पनि विफल भएको थियो।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीबीच भएको भेटवार्ता नोकझोँकमा परिणत भएको छ । ह्वाइट हाउसमा भएको

काठमाडौँ –  भारतका प्रधानमन्त्री नरेन्द्र दामोदर मोदीको भारतीय जनता पार्टी २७ वर्षपछि राजधानी दिल्लीमा राज गर्न पाउने भएको छ । दिल्ली

एजेन्सी – इजरायल र हमासबीच गाजामा युद्धविराम र बन्धक बनाइएकाहरूको रिहाइका लागि सम्झौता भएको छ। इजरायल र हमासबीचको यो सम्झौता

काठमाडौँ- सन् २०२४ को अन्त्य हुँदै गर्दा विश्वले नयाँ वर्षलाई स्वागत गर्न तयारी गरिरहेको छ। यो वर्षलाई आकार दिने महत्त्वपूर्ण घटना