"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

गणतन्त्रका विषयमा एक हुने शिर्ष नेतृत्वको संवाद

प्रकाशित मिति :  17 March, 2025 2:25 pm


काठमाडौँ – माओवादी अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेसका सभापति शेरबहादुर देउवासँग सोमबार संवाद गरेका छन् । संवादका क्रममा उनले गणतन्त्रविरूद्ध षड्यन्त्र भइरहेको उल्लेख गर्दै गठबन्धन सरकार जिम्मेवार भइ काम गर्न आग्रह गरेका छन् । 

अध्यक्ष दाहालको सचिवालय स्रोतका अनुसार उनले सरकारका कारण राजावादी सक्रिय भएकाले प्रतिपक्ष दलका माग सम्बोधन गर्न आग्रह गरेका छन् । ओली र देउवासँग प्रत्यक्ष, अप्रत्यक्ष संवाद गरी आवश्यक परे गणतन्त्रवादीहरु एक भएर जानुपर्ने उनले बताएका थिए ।

उक्त संवादका क्रममा प्रधानमन्त्री ओली र देउवाले सरकार परिणाममुखी काम निकाल्न प्रतिबद्ध भएको बताएका थिए । दाहालका प्रमुख स्वकीय सचीव गोविन्द आचार्यका अनुसार अध्यक्ष दाहालले संविधानको रक्षा, अग्रगमनका लागि माओवादी नेतृत्व गर्न तयार रहेको सन्देशका लागि संवाद सुरु गरेको बताए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- सुशीला कार्की नेतृत्वको सरकारमा चार जना मन्त्री थपिएका छन्। उनीहरू चारैजनाले शुक्रबार शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको

काठमाडौं – सरकारले भदौ २३ र २४ गते भएको घटना जाँचबुझ आयोगको कार्यादेश थप गर्ने निर्णय गरेको छ । सरकार

काठमाडौं – गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनलाई सरकारले जनआन्दोलनको मान्यता दिने भएको छ । बुधबार साँझ

ललितपुर- प्रधानमन्त्री सुशीला कार्कीले पछिल्ला वर्षहरूमा भ्रष्टाचार अन्त्य चुनौतीका रूपमा देखा परेको बताएकी छन्। ७७औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवस तथा मानवअधिकारको विश्वव्यापी