"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

नक्कली प्रमाणपत्र लिएको आरोपमा शिक्षकविरुद्ध मुद्दा दायर

प्रकाशित मिति :  २ चैत्र २०८१, आईतवार २१:२२


काठमाडौं – सर्लाहीको बरहथवा नगरपालिकास्थित श्री चक्र जनता शहीद गंगा माध्यमिक विद्यालयका एक शिक्षकविरुद्ध नक्कली प्रमाणपत्र लिएको आरोपमा मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले सो विद्यालयमा कार्यरत शिक्षक पवन कुमार बुढाथोकीविरुद्ध आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

उनले रौतहटको महेन्द्र माध्यमिक विद्यालय चन्द्रपुरमा निम्न माध्यमिक शिक्षक तृतिय पदको नियुक्ति लिने बेलामा नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको पुष्टि भएको अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जनाएका छन् ।

उनका अनुसार बुढाथोकीलाई भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र २९ तथा हाल प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुरमा साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२, दफा २९ बमोजिम र भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवाना सजाय हुन मागदाबीसहित आरोपपत्र दायर गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – काठमाडौं उपत्यका विकास प्राधिकरणका अमिन दिनेशप्रसाद यादवविरुद्ध सवा ३ करोड रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार मुद्दा दायर भएको

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले संक्रमणकालीन न्याय प्रक्रियालाई अन्तिम निष्कर्षमा पुर्‍याउँदा द्वन्द्वकालमा भएका अमानवीय र जघन्य अपराधहरू माफ गर्न

काठमाडौं – सरकारी निकायमा कार्यरत अस्थायी र करार कर्मचारी पनि अब सामाजिक सुरक्षा योजनामा सहभागी हुन पाउने भएका छन् ।श्रम

काठमाडौं – नयाँ वर्ष २०८२ सालमा ८८ दिन सार्वजनिक बिदा हुने छ । नेपालमा राजपत्रमा प्रकाशित सूचना अनुसार २०८२ सालमा