"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

आज होली पर्व उल्लासपूर्वक मनाइँदै

प्रकाशित मिति :  13 March, 2025 9:25 am


फाईल तस्वीर

काठमाडौँ – रङहरूको उत्सव होली पर्व आज (बिहीबार) पहाडमा उल्लासपूर्वक मनाइँदै छ । पहाडमा मनाइएको भोलिपल्ट तराईमा होली मनाउने चलन छ । एक अर्कामा अबीर दलेर होली पर्व मनाइन्छ ।

सरकारले तराई र पहाडमा फरक फरक दिनमा होलीको बिदा दिने गरेको छ । यो वर्ष होलीका अवसरमा बिहीबार पहाडमा सरकारले सार्जनिक बिदा दिएको छ । रङहरुमा रमाएर हर्षोल्लासपूर्वक होली मनाउन आह्वान गर्दै बिहीबार फागुपूर्णिमाको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री लगायत देशका उच्च पदस्थ व्यक्तिहरुले शुभकामना दिएका छन् ।

होलीको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीहरूको साझा पर्व फागुपूर्णिमा (होली) पर्वले सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन् । समाजमा विद्यमान विभिन्न प्रकारका विकृति, विसङ्गति एवम् कुरीतिलाई निर्मूल गर्दै मौलिक संस्कृतिको संरक्षण र संवर्द्धन गर्न प्रेरणा प्रदान गरोस् भनी उनले शुभकामना दिएका छन् ।

त्यस्तै, उपराष्ट्रपति रामसहायप्रसाद यादवले सामाजिक, सांस्कृतिक र राष्ट्रिय महत्व बोकेको फागुपूर्णिमा (होली) पर्वले सांस्कृतिक वैभव र धरोहरलाई समृद्ध बनाउन सघाउ पुर्‍याउने विश्वास व्यक्त गरेका छन्। उनले यस पर्वले देश र समाजमा एकता तथा शान्ति कायम गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने समेत बताएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले पनि हर्ष र उमंगका साथ होली पर्व मनाउन भन्दै शुभकामना सन्देश दिएका छन्। सभामुख देवराज घिमिरेसहित उच्च पदस्थ व्यक्तिहरूले समेत होलीमा शुभकामना सन्देश दिएका छन्। यही पर्वलाई लक्षित गर्दै देशभरि प्रशासनले शान्तिपूर्ण र मर्यादित भएर होली खेल्न आग्रह गरेको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — नेपालमा भदौ २४ गतेको विध्वंशपछि विधिको शासनको ठाउँमा अराजकको शासन चलिरहेको एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले बताएका छन् ।

काठमाडौँ — एमालेको सचिवालय बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक सुरु भएको हो । बैठकमा आगामी

काठमाडौँ- अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भिजिट भिसा प्रकरणमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। भिजिट भिसामा विदेश जाने नेपालीसँग अवैध ढंगमा पैसा

काठमाडौं – आशन्न निर्वाचनका लागि नेपाली कांग्रेसका महामन्त्री गगन थापाको नाम काठमाडौं–४ बाट एकल सिफारिस गरिएको छ । प्रतिनिधिसभा निर्वाचन