"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई होली पर्वले सुदृढ बनाउने राष्ट्रपतिको विश्वास

प्रकाशित मिति :  २९ फाल्गुन २०८१, बिहीबार ०९:०१


काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले फागुपूर्णिमा अर्थात् होली पर्वले सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन् । होली पर्वका अवसरमा शुभकामना सन्देश दिँदै उनले जातीय, भाषिक र सांस्कृतिक रूपमा विविधतापूर्ण नेपाली समाजलाई विविधता बीचको एकता कायम गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरेका हुन् ।

होली पर्वले समाजमा विद्यमान विभिन्न प्रकारका विकृति, विसङ्गति एवम् कुरीतिलाई निर्मूल गर्दै मौलिक संस्कृतिको संरक्षण र संवद्र्धन गर्न प्रेरणा प्रदान गरोस् भनी उनले शुभकामना व्यक्त गरे ।

‘विविधता बीचको एकता नै हामी नेपालीको पहिचान र सुन्दरता पनि हो । यो पर्वले समस्त नेपालीहरूबीच रिस, राग परित्याग गरी प्रेम र आत्मीयताद्वारा सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पुर्‍याउने विश्वास लिएको छु’, शुभकामना सन्देशमा भनिएको छ ।

राष्ट्रपति पौडेलले होलीमा खेलिने विविध रङहरू जस्तै नेपाली समाज पनि जातीय, भाषिक र सांस्कृतिक रूपमा विविधतापूर्ण रहेको उल्लेख गर्दै यही विविधता बीचको एकता नै हामी नेपालीको पहिचान र सुन्दरता पनि भएको बताए । उनले नेपालीहरूको विशेष पर्व होलीको सुखद अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति तथा समृद्धिको लागि हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेका छन् ।

रंगहरुको पर्व होली आज काठमाडौं उपत्यकासहित पहाडी जिल्लाहरुमा हर्षोल्लासका साथ मनाइँदै छ । फागु अर्थात् होलीको अवसरमा सरकारले आज पहाडी जिल्लाहरुमा सार्वजनिक बिदा पनि दिएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – प्रतिनिधिसभाको बिहीबारको बैठकले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक बहुमतले पारित गरेको छ । बैठकमा उपप्रधानमन्त्री एवं

काठमाडौँ – सांसदहरूले दलित समुदायमाथि भइरहेका हत्या, हिंसा र विभेदका घटनामा दोषीलाई कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। प्रतिनिधिसभाको बिहीबारको

काठमाडौँ – प्रतिनिधिको बैठकमा आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रश्नोत्तर कार्यक्रमको कार्यसूची छ। बिहान ११ बजे बस्ने बोलाइएको बैठकमा सांसदहरूले

काठमाडौँ – सरकारले चैत २४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ। सरकारी कार्यालय तथा सार्वजनिक निकायमा सार्वजनिक बिदा दिने