"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

आज दिल्ली पहिलो र नेपाल विश्वकै दोस्रो बढी प्रदूषित मापन

प्रकाशित मिति :  २८ फाल्गुन २०८१, बुधबार ०९:१९


काठमाडौं – काठमाडौं उपत्यकाको वायु प्रदूषण अति अस्वस्थ स्तरमा पुगेको छ । लामो समयदेखि पानी नपरेको र हावा पनि नचलेकोले प्रदूषणको मात्रा बढेको हो ।

स्विजरल्याण्डस्थित वायु गुणस्तर निगरानी गर्ने डाटाबेस आईक्यूएयरका अनुसार नेपाल आज विश्वकै दोस्रो बढी प्रदूषित देशको सूचीमा छ । पहिलो स्थानमा भारत छ ।

वातावरण विभागका अनुसार आज बिहान दाङको देउखुरी क्षेत्रको वायुको गुणस्तर सबैभन्दा खराब छ । त्यहाँको वायुको गुणस्तर १९२ एक्यूआई मापन भएको छ । त्यसपछि कैलालीको धनगढी, भक्तपुर, काठमाडौंको शंखपार्क र रत्नपार्क तथा ललितपुरको खुमलटार, भैंसेपाटी क्षेत्रको हावा अति अस्वस्थकर तहमा पुगेको छ ।

यसैगरी चितवनको भरतपुर र धनकुटाको वायुको गुणस्तर पनि अति खराब स्तरमा छ । अहिले काभ्रेको धुलिखेल, इलाम र बाँकेको नेपालगञ्ज क्षेत्रको हावाको गुणस्तर पनि खराब स्तरमा रहेको विभागको वेबसाइटमा देखिन्छ ।

हिजो बेलुका ललितपुरको लगनखेल क्षेत्रको एक्यूआई २०० सम्म नाघेको थियो । पानी नपरेसम्म वा बेस्सरी हावा नचलेसम्म धूलो र धुवाँका कण वायुमण्डलमा कायमै रहने भएकाले केही दिन यस्तो अवस्था कायमै रहनेसम्भावना छ । किनभने मौसमविदहरुका अनुसार तत्काल पानी पर्ने सम्भावना छैन ।

आज पनि बादल लाग्ने तर पानी पर्ने सम्भावना कम छ । तर चैत १ गते काठमाडौं लगायत देशको मध्य पहाडी भूभाग र उच्च  हिमाली क्षेत्रमा हावा चल्ने सम्भावना भएकाले प्रदूषण केही घट्ने अनुमान छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – गएको एक महिनामा देशका विभिन्न क्षेत्रमा लागेको आगलागीबाट ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक पुरुष, चार

बुटवल – रुपन्देहीको तिलोत्तमा नगरपालिका नागरिक सहभागितामा असल अभ्यास गर्ने विश्वभरका स्थानीय तथा प्रदेश सरकारहरु बीचको अवार्ड प्रतियोगिताको उत्कृष्ट ४०को

काठमाडौँ – चैत अन्तिम सातादेखि स्टार्टअप उद्यम कर्जा वितरण गरिने भएको छ । औद्योगिक व्यवसाय विकास प्रतिष्ठाले परियोजना अन्तिम छनोटमा परेका

काठमाडौं – श्रीलंकाका लागि नेपाली राजदूत पूर्णबहादुर नेपालीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले आज