"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

कार्यसम्पादन सूचकहरूमा फड्को मार्दै गल्याङ नगरपालिका

प्रकाशित मिति :  9 March, 2025 10:04 pm


स्याङ्जा – पछिल्लो समय गल्याङ नगरपालिकाले विभिन्न सुचकहरुको सुधारका लागि समयानुकुल नीतिहरुको निर्माण र कार्यान्वयनलाई प्राथमिकतामा राखेको छ । सामाजिक, आर्थिक, स्वास्थ्य, शैक्षिक, शासकीय र समानतासंगै कार्यसम्पादनका सुचकहरुमा पनि उल्लेख्य सुधार गरेको छ ।

संघिय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था अनुरुप स्थानीय तहको दोश्रो कार्यकालमा गल्याङ नगरपालिकाको स्थानीय तह सस्थागत क्षमता मुल्याङकन ८ प्रतिशतले सुधार गरेको छ । गत आर्थिक वर्ष ८२.७५ प्रतिशत रहेको सुचकलाई सुधार गरी ९० प्रतिशतमा पुर्‍याएको छ ।

स्थानीय तह वित्तीय सुशासन जोखिम मुल्याङ्कनमा गत वर्ष ६८ प्रतिशतमा रहेको सुचक हाल ८९ प्रतिशतमा पुगेको छ । त्यस्तै स्थानीय तह कार्यसम्पादन मुल्याङ्कन सुचकमा ५२.३५ प्रतिशतबाट बढेर ७१.१२ प्रतिशतमा पुगेको छ । यस्तै, अन्य शिक्षा, स्वास्थ्य, समानता, पूर्वाधार लगायतका सुचकहरुमा पनि उल्लेख्य प्रगति गर्दै आएको छ । नेतृत्वको सुशासन सम्बन्धि अवलम्बन गरेको कार्यनीति र सम्वद्ध सम्पुर्ण तह र वडाहरुको सहकार्य र समन्वयमा उपलब्धि हासिल हुँदै गएको तथ्यले देखाउछ ।

नगर प्रमुख गुरु प्रसाद भट्टराईका अनुसार पालिकाको मुख्य ध्येय शासकीय सुधार र कार्यसम्पादनलाई छिटो, छरितो र उपलब्धीमुलक बनाउने उद्देश्य अनुरुप कार्य गरेकाले सुचकहरु क्रमिक रुपमा सुधारमा गएका छन् । यसले आगामी आर्थिक बर्षहरुमा समेत थप सफलता सहित अगाडि बढ्न प्रेरणा मिलेको बताए ।

स्थानीय जनताको जनअपेक्षा र विभिन्न सुचकहरु सुधारका लागि नगरपालिकाले नीति तथा कार्यक्रम, बजेट र योजनाहरु तय गरेको नगरपालिकाले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – नेपाल प्रहरीको प्रहरी निरीक्षक (इन्स्पेक्टर) र प्रहरी सहायक निरीक्षक (असई)मा भर्ना खुलेको छ। शुक्रबार विज्ञापन प्रकाशन गर्दै नेपाल प्रहरीले

काठमाडौँ- अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भिजिट भिसा प्रकरणमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। भिजिट भिसामा विदेश जाने नेपालीसँग अवैध ढंगमा पैसा

ओखलढुंगा भूगोलको हिसाबले एक पहाडी जिल्ला हो । पूर्वमा खोटाङ, पश्चिममा रामेछाप, उत्तरमा सोलुखुम्बु र दक्षिणमा सिन्धुली र उदयपुर जिल्लाले

काठमाडौं – सुनसरीको बराहक्षेत्र नगरपालिकाका तत्कालीन सव–इन्जिनियर शिव नारायण मण्डलले नक्कली शैक्षिक प्रमाण पेश गरेर सरकारी सेवाको लाभ लिएको अभियोगमा