"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

विदेशबाट फर्केर पशुपालन र मौरीपालनमा रमाएका मनराज

प्रकाशित मिति :  २३ फाल्गुन २०८१, शुक्रबार १२:००


सुनसरी – लगभग एक दशकको वैदेशिक जीवनपछि स्वदेश फर्केका इटहरीका किसान मनराज अहिले व्यावसायिक पशुपालन र मौरीपालनबाट राम्रो आम्दानी गर्दै छन्। साउदी र मलेसियामा ८ वर्ष काम गरेका मनराजले सानो लगानीबाट आफ्ना व्यवसाय सुरु गरेका थिए र अहिले त्यो व्यवसाय एक उत्कृष्ट आम्दानीको स्रोत बनेको छ।

मनराज १७ वर्षको उमेरमा बाबुआमा गुमाएर विदेश गएका थिए। उनले भने, ‘विदेशमा दुःख र मेहेनत गरें, अब केही स्वदेशमै व्यवसाय सुरु गरौँ भन्ने सोच राखें र पशुपालनमा लगानी गरें।’ पशुपालनको साथसाथै, मनराजले हालै मौरीपालन पनि सुरु गरेका छन्। ‘यस व्यवसायले मलाई आत्मनिर्भर बनायो,’ उनी भन्छन्, ‘म अहिले वार्षिक रूपमा आठदेखि नौ लाखसम्म कमाइ गर्छु र घरको सबै खर्च यही कमाइले पूरा हुन्छ।’

गाईपालनको सुरुवात गर्दा दूध बिक्रीमा कठिनाइको डर थियो तर अहिले दैनिक ४०–५० लिटर दूध स्थानीय बजारमा बेच्न सफल भएका छन् उनी। उनले भने,‘गाउँमै रोजगारी सिर्जना गर्न सकिन्छ र अरूलाई पनि रोजगार दिन सकिन्छ।’

मनराजसँग अहिले ४० भन्दा बढी मौरीको घार छ। उनले भने, ‘सुरुमा गाह्रो लागेको थियो तर अब राम्रो आम्दानी भएको छ। मौरीको मह उत्पादन गर्दा २२–३० दिनमै मह काढ्न सकिन्छ।’



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ –  मुलुकको आर्थिक एवं वित्तीय क्षेत्रसँग सम्बन्धित प्रायः सबै सूचक अब्बल देखिएका छन् । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको

काठमाडौं – ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाडौंको टोखा नगरपालिका र खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा बृक्षारोपण गरेको छ । बैंकले

काठमाडौँ – उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार संसद्मा प्रस्तुत भएको आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनलाई आफूले पहिलो प्राथमिकता राखेर काम

काठमाडौँ- सरकारले आगामी आर्थिक वर्षका लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। अर्थमन्त्री विष्णु पौडेलले बिहीबार