"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

संसद् बैठकमा अनिवार्य उपस्थित हुन कांग्रेस–एमाले सांसदहरूलाई ‘ह्विप’

प्रकाशित मिति :  4 March, 2025 6:24 pm


काठमाडौँ- प्रमुख सत्तारूढ दल नेकपा एमालेले बुधबार बस्ने प्रतिनिधिसभा बैठकमा आफ्ना सांसदहरूलाई अनिवार्य उपस्थित हुन ह्विप जारी गरेको छ।

बुधबारको बैठकमा सरकारले पाँच अध्यादेश पेस गर्ने भएकाले सांसदहरूको अनिवार्य उपस्थिति सुनिश्चित गर्न ह्विप जारी गरिएको हो। सत्ता साझेदार नेपाली कांग्रेसले पनि आफ्ना सांसदहरूका लागि ह्विप जारी गरेको छ।

एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाद्वारा जारी सन्देशमा सबै सांसदहरूलाई अनिवार्य रूपमा उपस्थित हुन निर्देशन दिइएको एक सांसदले बताए।

यसअघि, सरकारद्वारा जारी ६ वटा अध्यादेश राष्ट्रिय सभामा कोरम अभावका कारण पेस हुन सकेका थिएनन्। जसपा नेपाल र लोसपासँगको छलफलपछि बुधबारको बैठकमा भूमिसम्बन्धी अध्यादेश बाहेक पाँच अध्यादेश पेस गरिने तयारी छ।

सांसदहरूलाई पठाइएको सन्देशमा उल्लेख छ, ‘माननीय सदस्यहरू, भोलि दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा अध्यादेश निर्णयार्थ पेस गरिने भएकाले अनिवार्य उपस्थित हुन अनुरोध छ।’



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- सुशीला कार्की नेतृत्वको सरकारमा चार जना मन्त्री थपिएका छन्। उनीहरू चारैजनाले शुक्रबार शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको

काठमाडौं – सरकारले भदौ २३ र २४ गते भएको घटना जाँचबुझ आयोगको कार्यादेश थप गर्ने निर्णय गरेको छ । सरकार

काठमाडौं – गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनलाई सरकारले जनआन्दोलनको मान्यता दिने भएको छ । बुधबार साँझ

ललितपुर- प्रधानमन्त्री सुशीला कार्कीले पछिल्ला वर्षहरूमा भ्रष्टाचार अन्त्य चुनौतीका रूपमा देखा परेको बताएकी छन्। ७७औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवस तथा मानवअधिकारको विश्वव्यापी