"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

कोशी अस्पतालका कर्मचारीविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्रको मुद्दा

प्रकाशित मिति :  4 March, 2025 5:55 pm


काठमाडौँ – कोशी अस्पताल, विराटनगरमा सिटी स्क्यान डिपार्टमेन्टमा कार्यरत जितेन्द्र भनिने जितेन चौधरीविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्रको आरोपपत्र दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार चौधरीले नेपाल स्वास्थ्य व्यावसायी परिषद्को सदस्य हुन् भनी तथा राजिव गान्धी युनिभर्सिटी अफ हेल्थ साइन्स, कर्नाटकबाट जारी भएको बिएससी तहको शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेस गरी रेडियोग्राफर पदमा मिति २०७२  माघ १ गते नियुक्ति लिई सो ओहोदा, लाभ र सुविधा प्राप्त गरेका हुन् ।

उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा १ बमोजिम कैद र जरिवाना हुन मागदाबी लिई मङ्गलबार विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ। 



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – नेपाल प्रहरीको प्रहरी निरीक्षक (इन्स्पेक्टर) र प्रहरी सहायक निरीक्षक (असई)मा भर्ना खुलेको छ। शुक्रबार विज्ञापन प्रकाशन गर्दै नेपाल प्रहरीले

काठमाडौँ- अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भिजिट भिसा प्रकरणमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। भिजिट भिसामा विदेश जाने नेपालीसँग अवैध ढंगमा पैसा

ओखलढुंगा भूगोलको हिसाबले एक पहाडी जिल्ला हो । पूर्वमा खोटाङ, पश्चिममा रामेछाप, उत्तरमा सोलुखुम्बु र दक्षिणमा सिन्धुली र उदयपुर जिल्लाले

काठमाडौं – सुनसरीको बराहक्षेत्र नगरपालिकाका तत्कालीन सव–इन्जिनियर शिव नारायण मण्डलले नक्कली शैक्षिक प्रमाण पेश गरेर सरकारी सेवाको लाभ लिएको अभियोगमा