"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

निर्वाचन रोक्ने षड्यन्त्रका विरुद्ध कडा प्रतिवाद गर्ने एमालेको निष्कर्ष

प्रकाशित मिति :  19 April, 2022 8:38 am


काठमाडौँ । नेकपा एमालेले सरकारले स्थानीय तहको निर्वाचन सार्ने षड्यन्त्र गरेको आरोप लगाएको छ। सोमबार राती एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा सम्पन्न एमाले सचिवालय बैठकले सरकारले निर्वाचन सार्ने षड्यन्त्र गरेको आभाष भएको भन्दै त्यसको कडा प्रतिवाद गर्ने निष्कर्ष निकालेको हो।

निर्वाचन रोक्ने षड्यन्त्र निस्तेज पारिने एमाले प्रचारप्रसार विभाग प्रमुख एवम् उपमहासचिव पृथ्वी सुब्बा गुरुङले जानकारी दिए।

कुनै अलमलमा नपरी निर्वाचनको तयारीमा जुट्न जिल्ला, पालिका र वडा कमिटीलाई निर्देशन दिइएको पनि गुरुङले बताए।

त्यस्तै एमालेले उम्मेदवारको सूचीमा रहेकाहरूलाई प्रदेशसभा र संघको बन्दसूचीबाट हटाउने निर्णय समेत गरेको छ। ती नाम हटाउन निर्वाचन आयोगलाई पत्र लेख्ने उनले बताए।

एमालेले एक सय ७३ सदस्यीय सल्लाहकार परिषदमा एक सय पाँच जना थपेर दुई सय ७८ सदस्यीय बनाउने भएको छ।

त्यस्तै पार्टी केन्द्रीय कार्यालय वैशाख ९ गतेबाट तुलसीलाल अमात्य प्रतिष्ठानमा सार्ने निर्णय समेत भएको गुरुङले जानकारी दिए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — नेपालमा भदौ २४ गतेको विध्वंशपछि विधिको शासनको ठाउँमा अराजकको शासन चलिरहेको एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले बताएका छन् ।

काठमाडौँ — एमालेको सचिवालय बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक सुरु भएको हो । बैठकमा आगामी

काठमाडौँ- अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भिजिट भिसा प्रकरणमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। भिजिट भिसामा विदेश जाने नेपालीसँग अवैध ढंगमा पैसा

काठमाडौं – आशन्न निर्वाचनका लागि नेपाली कांग्रेसका महामन्त्री गगन थापाको नाम काठमाडौं–४ बाट एकल सिफारिस गरिएको छ । प्रतिनिधिसभा निर्वाचन