भारतीय राष्ट्रपतिलाई राजदूत शर्माले बुझाए ओहदाको प्रमाणपत्र

काठमाडौँ – भारतीय राष्ट्रपति दौपदी मुर्मुलाई नेपाली राजदूत शंकर शर्माले ओहदाको प्रमाणपत्र बुझाएका छन् ।
भारतको राष्ट्रपति भवनमा राजदूत शर्माले ओहदाको प्रमाणपत्र बुझाएका हुन् । उक्त कार्यक्रममा नेपाली नियोगको उपप्रमुख र सैनिक सहचारीलगायतको उपस्थिति थियो ।
राष्ट्रपति रामचन्द्र पौडेलले शर्मालाई पुस ३ मा भारतका लागि राजदूत नियुक्त गरेका थिए । उनले पुस ८ मा पदको शपथ लिएका थिए ।