"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

संसद्मा प्रधानमन्त्रीसंग प्रश्नोत्तर [पूर्णपाठ]

प्रकाशित मिति :  ४ फाल्गुन २०८१, आईतवार २१:११


काठमाडौँ– संसदीय व्यवस्थामा प्रधानमन्त्री को प्रति जिम्मेवारी हुनुपर्छ, सामान्य जबाफ हो संसद्प्रति। संसद्बाट निर्वाचित भएपछि प्रधानमन्त्री संसद्मा उठेका हरेक प्रश्नको जबाफ दिन तयार रहनुपर्छ। सांसदले उठाएका प्रश्नहरूको जबाफ प्रधानमन्त्री र सम्बन्धित मन्त्रीहरूले दिनै पर्ने हुन्छ।

सांसद्ले राखेका प्रश्नको मर्यादित तवरले जबाफ दिनु प्रधानमन्त्रीको दायित्व हो। पूर्वसभामुख अग्नि सापकोटा त प्रधानमन्त्री जहिले पनि प्रश्नावलीको सामना तयार रहनुपर्ने बताउँछन्। उनका अनुसार सांसदहरू जनप्रतिनिधि भएकाले उनीहरू सधैँ जनताप्रति वफादार रहनुपर्छ।

सापकोटाका अनुसार प्रधानमन्त्री संसद् र सांसदप्रति जिम्मेवार रहनु नै संसदीय व्यवस्थाको मूल मापदण्ड हो। यसलाई संसदीय व्यवस्थामा प्राकृतिक सिद्धान्तका रूपमा पनि लिइन्छ। तर, हामी कहाँ भएको व्यवस्थामा कति फरक छ त? वा हाम्रा प्रधानमन्त्री संसद्प्रति कति जिम्मेवार छन्? यसको जबाफ खोज्न अरूतिर जानै पर्दैन।

आइतबार दिउँसो प्रधानमन्त्रीले सांसदलाई दिएको जबाफलाई हेरे मात्र पुग्छ। प्रधानमन्त्री सांसदको प्रश्न कसरी सामना गरिरहेका छन्? किनकि, आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा प्रश्नोत्तर कार्यक्रम थियो। जुन नियमितरूपमा चल्ने गर्छ।

आज पनि प्रधानमन्त्री सांसदहरूले उठाएका प्रश्नको जबाफ दिन रोस्टममा पुगेका थिए। तर उनले दिएका जबाफ चित्तबुझ्दो नरहेको सांसदहरू बताउँछन्।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – गएको एक महिनामा देशका विभिन्न क्षेत्रमा लागेको आगलागीबाट ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक पुरुष, चार

काठमाडौँ – प्रतिनिधिसभाको बिहीबारको बैठकले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक बहुमतले पारित गरेको छ । बैठकमा उपप्रधानमन्त्री एवं

काठमाडौँ – सांसदहरूले दलित समुदायमाथि भइरहेका हत्या, हिंसा र विभेदका घटनामा दोषीलाई कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। प्रतिनिधिसभाको बिहीबारको

काठमाडौँ – प्रतिनिधिको बैठकमा आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रश्नोत्तर कार्यक्रमको कार्यसूची छ। बिहान ११ बजे बस्ने बोलाइएको बैठकमा सांसदहरूले