"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

नेपाल टेलिकमद्धारा १५ दिनका लागि विभिन्न प्याकेजहरू सार्वजनिक

प्रकाशित मिति :  4 February, 2025 4:15 pm


काठमाडौं – नेपाल टेलिकमले आफ्नो २१औं वार्षिकोत्सवमा  १५ दिनका लागि विभिन्न प्याकेजहरू ल्याएको छ । टेलिकमले माघ २२ गतेदेखि फागुन ८ गतेसम्‍म १५ दिनका लागि विभिन्न प्याकेज ल्याएको टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडीले बताइन् । उनका अनुसार एनटीसीका ग्राहकले ५९ रुपैयाँमै १ दिनका लागि १ एमबीपीएस अनलिमिटेड डेटा र १२० मिनेटको भ्वाइस प्याकेज पाउनेछन् ।

यस्तै ग्राहकले ४९९ रुपैयाँमा एक महिनाका लागि अनलिमिटेड अलनेट भ्वाइसकल गर्न सक्नेछन् । त्यस्तै ५९९ रुपैयाँमा एकमहिनाभरी अनलिमिटेड डेटा प्याक चलाउन पाउने सुविधा दिएको छ ।

यस्तै  ७९९ रुपैयाँमा अनलिमिटेड प्रिमियम डेटा प्याक एक महिनाका लागि ग्राहकले सुविधा पाउनेछन् । साथै सोही रकम (९७७रुपैयाँ) तिरेर नेपाल टेलिकमको फेस्टिभ कम्बो प्याक पनि लिक सक्नेछन् । यसैगरी टेलिकमले माघ २२ गतेदेखि फागुन २१ गतेसम्म लागु हुने गरी  नयाँ तथा पुराना ग्राहकका लागि एफटीटीएच मार्फत ५०/७५/१००/१५० तथा २ सय एमबीपीएसको वार्षिक प्याकेज लिएर आएको छ। यो प्याकेज खरिद गर्दा ग्राहकले १ महिनाको थप सेवा पाउने टेलिकमले जनाएको छ ।

साथै दुई वर्षको समयावधिको एफटीटीएच प्याकेज किनेमा ग्राहकले १५ प्रतिशत छुटसमेत पाउनेछन् । यसैगरी टेलिकमले सामाजिक सञ्जाल टिकटक प्याकेज पनि लिएर आएको छ । दैनिक टिकटक चलाउने ग्राहकलाई टेलिकमले ४८ रुपैयाँमै ५ एमबीपीएस स्पीड क्षमताको २० जीबी  डेटा र  थ्रोटल १ एमबीपीएस उपलब्ध गराउने सुविधा दिएको छ ।

यस्तै हप्तादिनसम्म टिकटक चलाउने ग्राहकलाई भने १७० रुपैयाँमा दैनिक २० जीबी डेटा र ५ एमबीपीएसको, थ्रोटल २ एमबीपीएसको प्याकेज प्रदान गर्ने नेपाल टेलिकमले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – नेपाल प्रहरीको प्रहरी निरीक्षक (इन्स्पेक्टर) र प्रहरी सहायक निरीक्षक (असई)मा भर्ना खुलेको छ। शुक्रबार विज्ञापन प्रकाशन गर्दै नेपाल प्रहरीले

काठमाडौँ- अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भिजिट भिसा प्रकरणमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। भिजिट भिसामा विदेश जाने नेपालीसँग अवैध ढंगमा पैसा

ओखलढुंगा भूगोलको हिसाबले एक पहाडी जिल्ला हो । पूर्वमा खोटाङ, पश्चिममा रामेछाप, उत्तरमा सोलुखुम्बु र दक्षिणमा सिन्धुली र उदयपुर जिल्लाले

काठमाडौं – सुनसरीको बराहक्षेत्र नगरपालिकाका तत्कालीन सव–इन्जिनियर शिव नारायण मण्डलले नक्कली शैक्षिक प्रमाण पेश गरेर सरकारी सेवाको लाभ लिएको अभियोगमा