"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

‘समृद्ध नेपाल, सुखी नेपाली’ मेरो ठूलो सपना : प्रधानमन्त्री ओली

प्रकाशित मिति :  २१ माघ २०८१, सोमबार १७:११


काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध नेपाल, सुखी नेपाली नै आफ्ने ठूलो सपना भएको बताएका छन् । श्रीपञ्चमीका अवसरमा फिनिक्स इस्पिरेसन र इम्प्रेरियल वल्ड स्कुुलले सोमबार गरेको ‘युवा अन्तरक्रिया कार्यक्रम’ मा नेपालको भलाइका लागि तपाईंले देखेको सबैभन्दा ठूलो सपना के हो ? भन्ने विद्यार्थीहरूको प्रश्नमा प्रधानमन्त्री ओलीले यस्तो जवाफ दिएका हुन् ।

सबैले आत्मविश्वासका साथ काम गरेमा अब नेपाल पछाडी पर्नुपर्ने कुनै कारण नभएको उनले बताए । विकासका पूर्वाधार बनाएर तथा आधुुनिक गुणस्तरीय शिक्षा दिएर युवाहरूलाई विश्व बजारको प्रतिस्पर्धी बनाउने उनले संकल्प व्यक्त गरे ।

‘विदेशमा गएर नेपाली युुवाले अरुका देश बनाएका छन् । एक करोड युवा अहिले पनि स्वदेशभित्रै छन् । अब हामीले आफ्नै देश बनाउन ध्यान दिनुपर्छ,’ उनले भने, ‘देशबाट गरिबी समाप्त पार्नुपर्छ । देशको स्वाधीनताको झण्डा झुक्न दिन हुँदैन र देशलाई समृद्ध नेपाल बनााउनुुपर्छ ।’

प्रधानमन्त्री ओलीले ज्ञानभूमि र तपोभूमिका साथै पुर्खाको गौरवगाथाले भरिएको नेपाल कहिल्यै कुनै पनि देशको अधिनमा बस्नुु नपरेको स्मरण गरारे । देशभक्तिलाई शीरमा बोकेर इमानदार बने विद्यार्थीहरू सफलतामा पुुग्न सक्ने उनको सुुझाव थियो ।

नेपाल र चीनबीचको सम्बन्धबारे एक विद्यार्थीको प्रश्नमा प्रधानमन्त्री ओलीले नेपालले चीन, भारतलगायत विभिन्न देशसँग मित्रवत् सम्बन्ध राख्दै आएको बताउँदै हालैको औपचारिक चीन भ्रमणका क्रममा बेल्ट एन्ड राेड इनिसियटिभको फ्रेमवर्क’मा सम्झौतालगायत विभिन्न सहकार्य विस्तार भएको बताए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – प्रतिनिधिसभाको आइतबारको बैठक गणपूरक संख्या नपुग्दा स्थगित भएको छ । बैठकमा नेपाल नागरिकता (दोस्रो संशोधन) ऐन, २०८१ लाई संशोधन

काठमाडौँ– संसदीय व्यवस्थामा प्रधानमन्त्री को प्रति जिम्मेवारी हुनुपर्छ, सामान्य जबाफ हो संसद्प्रति। संसद्बाट निर्वाचित भएपछि प्रधानमन्त्री संसद्मा उठेका हरेक प्रश्नको जबाफ

काठमाडौँ – संसद्मा पेस भएका अध्यादेशका विषयमा छलफल गर्न सत्तापक्षीय दलको बैठक बोलाइएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार आज (शनिबार) दिउँसो ११

स्याङ्जा – देशैभरिका गाउँपालिकामध्ये कार्यसम्पादन मूल्यांकनमा स्याङ्जाको कालीगण्डकी गाउँपालिका उत्कृष्ट बनेको छ। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको कार्यसम्पादन