"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

तिलगंगा नेत्र विज्ञान विश्वविद्यालय सञ्चालन विधेयक पास गर्ने व्यवस्था मिलाउन रुइतको ध्यानाकर्षण

प्रकाशित मिति :  १५ माघ २०८१, मंगलवार २२:५४


काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईसँग वरिष्ठ नेत्र रोग विशेषज्ञ डा.सन्दुक रुइतले तिलगंगा नेत्र विज्ञान विश्वविद्यालय सञ्चालन विधेयक पास गर्ने व्यवस्था मिलाउन आग्रह गरेका छन्। शिक्षा मन्त्रालयमा मंगलबार रुइतको नेतृत्वको टोलीले मन्त्री भट्टराईलाई भेट्दै त्यसबारे ध्यानाकर्षण गराएको हो।

तिलगंगा नेत्र विज्ञान विश्वविद्यालय सञ्चालन विधेयक उपर संसद्को सम्बन्धित समितिमा उठेका विषयहरूमा थप स्पष्ट हुन आवश्यक सूचना तथा विवरण आवश्यक परेकोले उक्त विवरण उपलब्ध गराउन उनीहरूलाई मन्त्री भट्टराईले आग्रह गरिन्।

यसका लागि नेपाल आँखा कार्यक्रम, जिल्ला प्रशासन कार्यालय, मकवानपुरमा दर्ता रहेको अन्धोपन निवारण समाज लगायतका संस्था समेत विश्वविद्यलयमा समाहित हुने प्रावधान प्रस्तावित रहेकोमा यसको सम्पत्ति व्यवस्थापन र रहने दायित्व, कर्मचारी व्यवस्थापन, तीलगंगा होल्डिङ्स प्रा.लि. र यसको कार्य प्रकृया लगायतका विषयमा थप स्पष्ट हुनुपर्ने विषयमा छलफल केन्द्रित भएको थियो।

डा.रुइतको टोलीले माग भए बमोजिमको विवरण र सूचना उपलब्ध गराउन आफूहरू तयार रहेको बताउँदै विधेयकलाई छिटो पास गर्ने व्यवस्थाका लागि अनुरोध गरेका थिए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – राष्ट्रियसभाको आइतबारको बैठकले नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक, २०८१ सर्वसम्मतिले पारित गरेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक

काठमाडौँ – प्रतिनिधिसभाको आइतबारको बैठक गणपूरक संख्या नपुग्दा स्थगित भएको छ । बैठकमा नेपाल नागरिकता (दोस्रो संशोधन) ऐन, २०८१ लाई संशोधन

काठमाडौँ– संसदीय व्यवस्थामा प्रधानमन्त्री को प्रति जिम्मेवारी हुनुपर्छ, सामान्य जबाफ हो संसद्प्रति। संसद्बाट निर्वाचित भएपछि प्रधानमन्त्री संसद्मा उठेका हरेक प्रश्नको जबाफ

स्याङ्जा – देशैभरिका गाउँपालिकामध्ये कार्यसम्पादन मूल्यांकनमा स्याङ्जाको कालीगण्डकी गाउँपालिका उत्कृष्ट बनेको छ। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको कार्यसम्पादन