"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

डढेलो नियन्त्रणको पूर्वतयारी कार्ययोजना १५ दिनभित्र समितिमा पेस गर्न सरकारलाई निर्देश

प्रकाशित मिति :  22 January, 2025 9:16 pm


काठमाडौं – संसदीय समितिले सरकारसँग डढेलो नियन्त्रणको पूर्वतयारी कार्ययोजना मागेको छ । बुधबार सिंहदरबारस्थित आफ्नै सभाकक्षमा बसेको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले सरकारलाई अबको १५ दिनभित्र डढेलो नियन्त्रणको पूर्वतयारी कार्ययोजना समितिमा पेस गर्न निर्देश गरेको छ ।

सरकारको पूर्वतयारी कार्यायोजना हेरेर सरकारलाई थप निर्देश गर्ने समितिको तयारी छ । बैठकमा सांसदहरूले वन डढेलोको जोखिम न्युनिकरण र नियन्त्रणका लािग स्थानीय तह र समुदायलाई बढी जिम्मेवार बनाउनुपर्नेमा जोड दिएका थिए ।

उनीहरूले सामुदायिक वनको संरक्षण तथा डढेलो नियन्त्रणका लागि प्रदेश र स्थानीय तहलाई जिम्मेवार बनाउनुपर्ने बताए । बैठकमा बोल्दै जनता समाजवादी पार्टीका सांसद वीरेन्द्रप्रसाद महतोले डढेलोलाई दुर्घटनाको रुपमा लिन नहुने बताए ।

नेपाली कांग्रेसका सांसद वीरबहादुर बलायरले आगलागीका घट्ना न्युनीकरण गर्न विपद् व्यवस्थापन प्राधिकरणलाई मजबुत बनाउन जरुरी रहेको बताए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — नेपालमा भदौ २४ गतेको विध्वंशपछि विधिको शासनको ठाउँमा अराजकको शासन चलिरहेको एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले बताएका छन् ।

काठमाडौँ — एमालेको सचिवालय बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक सुरु भएको हो । बैठकमा आगामी

काठमाडौँ- अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भिजिट भिसा प्रकरणमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। भिजिट भिसामा विदेश जाने नेपालीसँग अवैध ढंगमा पैसा

काठमाडौं – आशन्न निर्वाचनका लागि नेपाली कांग्रेसका महामन्त्री गगन थापाको नाम काठमाडौं–४ बाट एकल सिफारिस गरिएको छ । प्रतिनिधिसभा निर्वाचन